Sunday, November 1, 2020

मोटरसाइकलको ठक्करबाट साइकल सवार गर्भवती महिला घाइते




सर्लाही ,कात्तिक १६

      सर्लाहीको रामनगर गाउँपालिका वडा न-४ मा मोटरसाइकलले साइकललाई ठक्कर दिंदा साइकलमा सवार एकजना गर्भवती महिला घाइते भएक छन् ।

     आइतवार बिहान बहुअर्वाबाट सिसौट तर्फ जाँदै गरेको BR 30U 7345 नम्बरको मोटरसाइकलले विपरीत दिशातर्फ आइरहेको साइकललाई रामनगर-४ स्थित हनुमान चौकमा ठक्कर दिँदा सोही ठाउँ बस्ने  स्थानीय मोहन सहनीका १८ वर्षिय छोरा धनन्जय सहनीले चलाइरहेको साइकलको पछाडि बसेकी निजकी १७ वर्षिया गर्भवती श्रीमती मधु देवी घाइते भएको प्रहरीले जनाएको छ।   

    प्रहरीले दुर्घटनामा परि घाइते भएकी महिलालाई उपचारको लागि गोडैता स्थित स्थानीय स्वास्थ्य संस्थामा पठाई मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिएर अनुसंधान अघि बढाएको जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएको छ ।


No comments:

Post a Comment