Monday, November 30, 2020

महिला मैत्री स्वास्थ्य सेवा तथा स्वास्थ्य परामर्श सम्बन्धि अन्तरक्रिया सम्पन्न

 





लोकतन्त्र समाचारदाता---    
सर्लाही ,मंसिर १५
   सर्लाहीको सदरमुकाम मलंगवामा महिला मैत्री स्वास्थ्य सेवा र स्वास्थ्य परामर्शको बिषयमा एकदिने अन्तरक्रिया सम्पन्न भएको छ । महिला पुनस्थार्पना केन्द्र (ओरेक)ले सरोकारवालाहरुसंग अन्तरक्रिया सम्पन्न गरेको हो ।
    मलंगवा नगरपालिकाका उपमेयर शान्ती सबनम मिकरानीको प्रमुख आतिथ्यतामा सोमवार  भएको कार्यक्रममा  महिलाहरु उपर हुने विभिन्न किसिमका घरेलु हिंसा,महिलाहरुमा प्रजनन स्वास्थ्य ,मनोविमर्श सेवा केन्द्र र महिला परामर्श सेवाका बारेमा  सरोकारवालाहरु बीच छलफल तथा अन्तरक्रिया गरिएको संस्थाकी मनोविमर्शकर्ता दिवानी घिमिरेले जानकारी दिए ।
    मलंगवा वडा न-८ स्थित बिरबलको खिचडी होटलको सभाहलमा आयोजना भएको कार्यक्रममा मलंगवा नपा अन्तर्गतका वडा का वडाध्यक्ष, महिला वडा सदस्य लगायत सरोकारवाला संघसंस्था प्रमुख तथा प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।

No comments:

Post a Comment