सर्लाही ,कात्तिक २६
सर्लाहीको ब्रम्हपुरी गाउँपालिकामा मौरीको टोकाइबाट आमा छोरी बिरामी परेका छन् ।
प्रहरीका अनुसार मंगलबार साँझ साढे ५ बजे घरभन्दा केही पर चौरीमा घाँस काटिरहेको अवस्थामा ब्रम्हपुरी गाउँपालिका वडा न-३ भेल्ही निवासी दिनेश मुखियाकी ३० वर्षिया श्रीमती पार्वती मुखिया र निजकी छोरी १२ वर्षिया करिना मुखियालाई मौरीले टोकेर घाइते बनाएको हो
मौरीको टोकाइबाट बिरामी परेका आमा छोरी दुबैजनाको उपचार जिल्ला अस्पताल मलंगवामा चलिरकेको प्रहरीले जनाएको छ ।
No comments:
Post a Comment