Thursday, November 12, 2020

प्रेस काउन्सिल नेपालले मलंगवाका पत्रकारहरु सँग अन्तरक्रिया गरे

 






लोकतन्त्र समाचारदाता---

सर्लाही,कात्तिक २७

    प्रेस काउन्सिल नेपालले आज (बिहिवार)दिउँसो  सर्लाहीको सदरमुकाम मलंगवामा संचारकर्मीहरु सँग   पत्रकार आचार संहिता र कोभिड–१९ ले मिडियामा पारेको प्रभावको विषयमा अन्तरक्रिया गरेको छ ।

   नेपाल पत्रकार महासंघ सर्लाहीको संयोजन रहेको कार्यक्रम महासंघ सर्लाहीका अध्यक्ष विश्वनाथ ठाकुरको अध्यक्षता एवं प्रेस काउन्सिल नेपालका सदस्य नवलकिशोर यादवको प्रमुख आतिथ्यता रहेको थियो ।पत्रकार महासँघ सर्लाहीको कार्यालयमा आयोजना भएको कार्यक्रममा  कोभिड–१९ ले पत्रकार एवं मिडिया क्षेत्रमा परेको असर न्युनिकरणका लागि काउन्सिल लागि परेको उल्लेख गर्दै सदस्य यादवले श्रमजिवी पत्रकारहरुलाई निश्काषन गर्ने, पारिश्रमिक नदिने लगायत ठूला मिडियाको कार्य प्रति समेत काउन्सिलले आवश्यक कदम चालिरहेको जानकारी गराउनु भयो  । उनले पत्रकारहरु एवं सम्बद्ध संघ संगठनले समेत एकजुट भएर समस्या समाधानको दिशामा अगाडी बढ्नुपर्ने बताउनुभयो ।

  कार्यक्रममा काउन्सिलका प्रमुख प्रशासकीय अधिकृत झविन्द्र भुषालले मिडिया क्षेत्रमा परेको समस्या सम्बोधनका लागि काउन्सिलले गरिरहेको प्रयास, आचार संहिता विपरित काम गर्ने मिडियामाथि कारबाही प्रकृया लगायत बारेमा प्रष्ट्याएका थिए ।  प्रेस काउन्सिलकै विशाल पौडेलले  सञ्चालन गरेको कार्यक्रममा दक्षिण -पश्चिम क्षेत्रका सकृय पत्रकारहरुको उपस्थिति रहेको थियो ।  



No comments:

Post a Comment