Saturday, November 7, 2020

खाल्डोमा डुबेर बालकको मृत्यु





सर्लाही ,कात्तिक २२

    सर्लाहीको ईश्वरपुर नगरपालिकामा 

फोहोर पानी जम्मा गर्न बनाइएको खाल्डोमा डुबेर एक बालकको मृत्यु भएको छ । 

      शुक्रवार अपराह्न २ बजे वडा न-५, खुपलाल टोल स्थित स्थानीय महेन्द्र विष्टको घर अगाडि खनिएको खाल्डोमा जम्मा भएको पानीमा डुबेर विष्टका छिमेकी बिक्रम महतोको २ वर्षको छोरा राम प्रवेश महतो मृत्यु भएको हो । 

    खेल्ने क्रममा खाल्डो नजिक पुगेका बालकको पानीमा  डुबेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।


No comments:

Post a Comment