Saturday, November 21, 2020

उदाउँदो सूर्यलाई अर्घ दिएर विधिवत रुपमा छठ पर्व सम्पन्न



लोकतन्त्र समाचारदाता---

सर्लाही ,मंसिर ६

   आज बिहान सर्लाही सहित देशभरका वर्तालुहरुले  उदाउँदो सूर्यलाई अर्घ दिए सँगै  विधिवत रुपमा यस  वर्षको छठ पर्व सम्पन्न भएको छ । शनिवार बिहान  वर्तालुहरुले उदाउँदो सूर्यलाई अर्घ दिएर सूर्य देवताको पूजा गरि छठ पर्व सम्पन्न गरेका हुन् ।

   कोरोना भाइरस संक्रमणलाई लिएर स्थानीय प्रशासनले नदी,तलाउ र पोखरीमा यो पर्व मनाउन रोक लगाइ आआफ्नै घरमा मनाउन निर्देशन दिएपनि स्थानीय बासिन्दाले सो को बाबजुद पनि नदी ,तलाउ तथा पोखरीमा धुमधामका साथ छठ पुजा गरेका छन् । यो पर्व विशेष गरि तराई मधेशमा हर्षोउल्लासका साथ मनाइन्छ । पछिल्ला वर्षहरुमा काठमाडौ लगायतका पहाडी जिल्लाहरुमा पनि यो पर्व मनाउन थालिएको छ ।

    छठ पर्व बुधबारदेखि सुरु भएको थियो । पहिलो दिन बुधबार  वर्तालुहरु  नहाई खाई, दोस्रो दिन बिहीबार खरना गरि मनाएका थिए ।  छठ पर्वको मुख्य दिन शुक्रवार अस्ताउँदै गरेको सूर्यलाई अर्घ  दिएर शनिबार बिहान उदाउँदै गरेको सूर्यलाई अर्घ दिएपछि विधिवत रुपमा यस वर्षको छठ पर्व सम्पन्न भएको हो ।



No comments:

Post a Comment