सर्लाही ,कात्तिक २८
सर्लाहीको लालबन्दी नगरपालिका-२ पुनर्वास टोलमा करेन्ट लागेर बिहिवार एक महिला घाइते भएको छ । घाइते हुनेमा स्थानीय बिजय पासवानकी अन्दाजी ३० वर्षीया श्रीमती रामसरी देवी पासवान रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
आफ्नै घरको बिजुलीको प्लकमा ठोक्किएर करेन्ट लागेर घाइते भएकी पासवानको नवलपुर स्थित मोडेल अस्पतालमा उपचार भइरहेको र हाल नजको अवस्था सामान्य रहेको जिप्रका सर्लाहीका प्रहरी प्रवक्ता एवं डिएसपी मदन कुवँरले जानकारी दिएको छ ।
No comments:
Post a Comment