Saturday, November 28, 2020

मलंगवामा प्रभु लाइफको अभिकर्ता तालिम सम्पन्न

 





सर्लाही ,मंसिर १३
    प्रभु लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड शाखा कार्यालय मलंगवाको आयोजनामा जीवन बीमा अभिकर्ता आधारभूत तालिम सम्पन्न भएको छ ।
   एक दिवसीय आधारभूत तालिममा सर्लाहीका विभिन्न स्थानीय तहबाट  २० जनाले प्रशिक्षण लिएका थिए ।  तालिम कार्यक्रमका प्रमुख अथिथी तथा  संस्थाका प्रदेश न-२ का प्रमुख सुदिष्ट कुमार गुप्ताले सहभागीहरुलाई प्रशिक्षण दिएका  थिए ।
     बीमा अभिकर्ता भई काम गर्दा ध्यान दिनुपर्ने कुराहरु, जीवन बीमाको आधारभूत अवधारणा,महत्त्व  तथा अभ्यासहरुको जानकारी साथसाथै जीवन बीमामा प्रभु लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले खेलेको भूमिकाको बारेमा गुप्ताले तालिममा सहभागीहरुलाई स्पष्ट पारेका थिए।
     तालिमको औपचारिक समापन गर्दै शाखा कार्यालय मलंगवाका शाखा प्रमुख संजय श्रेष्ठले  अभिकर्ताको गुणस्तर तथा उनीहरुको ज्ञानका स्तरको आधारमा बीमाको व्यापार बढ्ने तथा अभिकर्ताको समेत आम्दानी हुने बताए।
    तालिमका विशिष्ट अतिथि एवं प्रभु लाइफका प्रदेश न-२ एरिया इन्चार्ज राजिव झाले सहभागीहरु लाई तालिममा प्राप्त सिपको प्रयोग गरि सफल बीमा अभिकर्ता भई कार्य गर्न सफलता मिलोस् भनी शुभेच्छा प्रकट गरे । यस्तै बरहथवा शाखाका शाखा प्रमुख जीवन हरि श्रेष्ठले  यस इन्स्योरेन्स कम्पनीप्रति सद्भाव राखी कम्पनीको परिवारमा केही गर्छु भनी उत्साहपूर्वक संलग्न भएकोमा सहभागी सबैप्रति हार्दिक धन्यवाद ज्ञापन गरे ।
   मलंगवा स्थित मेडिया ग्यालरीको कार्यक्रम हलमा आयोजना भएको तालिममा मलंगवा शाखाकी नेहा झाले विशेष भूमिका निर्वाह गरेकी छिन ।

No comments:

Post a Comment