Thursday, November 19, 2020

बरहथवामा मोटरसाईकल दुर्घटनामा हुँदा एकको मृत्यु, तीनजना घाईते




सर्लाही ,मंसिर ४

      सर्लाहीको  बरहथवा नगरपालिका वडा न– १२ पुरैनिया स्थित नयाँरोड मधुवनी सडक खण्डमा  मोटरसाइकलको ठक्करबाट एक बृद्धको ज्यान गएको छ भने तीनजना घाइते  भएका छन् ।

   वुधवार दिउँसो  बरहथवाबाट हिरापुर तर्फ जाँदै गरेको बा ५१ प ३५३८ नम्बरको मोटरसाइकलले हिरापुरबाट बरहथवा तर्फ आउँदै गरेको साइकल यात्रीलाई  ठक्कर दिँदा स्थानिय बरहथवा नगरपालिका वडा न- १८ का ६५ बर्षिय कृष्ण बहादुर श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

    मोटरसाइकलले ठक्करबाट गम्भिर घाइते भएका श्रेष्ठलाई उपचारको लागि बरहथवा स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा लैजादै गर्दा बाटोमा मृत्यु भएको जिल्ला  प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी मदन कुवँरले  बताए।  सोही दुर्गघटनामा मोटरसाइकल  चालक ब्रम्हपुरी गाउँपालिका वडा न- २ का २७ बर्षिय संजय गुप्ता, मोटर साइकल सवार रामनगर गाउँपालिका वडा -७ का २० बर्षिय दिपेश गुप्ता र गोडैता नगरपालिका वडा न-५ की १० बर्षीया अंजली गुप्ता घाइते भएको प्रवक्ता कुवँरले जनाएको छ ।

       मृतक श्रेष्ठको शव सर्लाही अस्पताल मलंगवामा पोष्टमार्टम पश्चात् आफन्तको जिम्मा लगाइएको छ भने घाइतेहरुको  प्राथमिक स्वास्थ्य केन्द्र बरहथवामा उपचार भइरहेको प्रहरीले जनाएको छ । 


No comments:

Post a Comment