Friday, November 5, 2021

दिपावलीकेै दिन तार जोडने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु

 



 

लोकतन्त्र समाचारदाता---

सर्लाही,कात्तिक १९ शुक्रवार

     दिपावलीका दिन पोलमा तार जोडने क्रममा करेन्ट लागेर सर्लाहीको औरहीमा एक युवकको ज्यान गएको छ।

    जिल्लाको चक्रघट्टा गाउँपालिका वडा न-८ औरही स्थित स्थानीय बिल्टु राउतको घरमा साँझ करिब साढे ६ बजेतिर सडक छेउमा रहेको बिजुलीको पोलमा ११ हजार भोल्टेज पावरको तारबाट हुकिंङ्ग गर्ने क्रममा सोही ठाउँको राम एकवाल महतोकोको १९ वर्षीय छोरा अखलेश महतोको करेन्ट लागेर ज्यान गएको स्थानीय राकेश यादवले जानकारी दिएको छ ।

   दिपावलीको साँझ  पोलमा रहेको  ११ हजार भोल्टेजको बिजुलीको  तारमा छोएर गम्भीर घाइते भएको महतोलाई तत्कालै उपचारका लागि 

मलंगवा स्थित सर्लाही अस्पताल  लैजाने क्रममा बाटोमै जनाइएको छ। 

No comments:

Post a Comment