Thursday, November 25, 2021

सर्लाही आईडल नोबेल पुरस्कार २०७८ को फाइनल प्रतिस्पर्धा मंसिर १२ गते हुने

 



मनोज यादव---

सर्लाही,मंसिर ९

    विसेस सर्लाहीको आयोजनामा जारी सर्लाही आईडल नोबेल पुरस्कार २०७८ को फाइनल प्रतिस्पर्धाको मिति तय भएको छ ।मंसिर १२ गते फाइनल प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ।

   सर्लाहीको सदरमुकाम  मलंगवा नगरपालिका वडा न-८ स्थित प्रतियोगिताको स्पोन्सर्स समेत रहेको कुशुम पार्टी पैलेसको हलमा हुने उक्त प्रतियोगिताको सेमिफाइनल मंसिर ११ गते हुने छ ।जसमा पहिलो अडिसनबाट छानिएका ३२ जना  गायक गायिकाहरु बीच प्रतिस्पर्धा हुने कार्यक्रम संयोजक एवं निर्णायक कमिटीका सदस्य मैथिली गायक संतोष कर्णले जानकारी दिएको छ ।

   प्रतियोगितामा छानिएका सर्लाहीको मलंगवा ,लालबन्दी ,बरहथवा,हरिपुर्वा,कबिलासी,ईश्वरपुर,हरिपुर र बलरा नगरपालिका तथा कौडेना र धनकौल गाउँपालिकाका  प्रतिस्पर्धीहरु बीच कडा प्रतिस्पर्धा हुने छ ।जसका लागि प्रतियोगिहरु तयारी अवस्थामा रहेको कार्यक्रम संयोजक कर्णले लोकतन्त्रलाई बताएको छ।

   प्रतियोगिताको फाइनलमा जिल्लाका २० वटै पालिकाका प्रमुख, उपप्रमुख तथा स्पोन्सरहरुले भोटिङ्ग गर्ने र सोही भोटिङ्गको आधारमा विजेता छानिने छ ।आइडलको उपाधि बिजेताले नगद  ५१ हजार, उपबिजेताले नगद  ३१ हजार र तेस्रो हुनेले नगद  २१ हजार रुपैयाँ र कदरपत्र  प्राप्त गर्ने छन् ।

    निर्णायक कमिटीमा मैथिली गायक कर्णको साथ गायक मंजुर आलम रहेका छन् ।

   जिल्लामै पहिलोपटक आयोजना भएको यस प्रतियोगितालाई  सफल बनाउन आर्थिक सहयोग तथा   प्रायोजन गरेर सहयोग पुर्याउने सबै महानुभाव तथा संस्थाहरु प्रति आयोजक कमिटी कृतज्ञ रहेको र उहाँहरुलाई प्रतियोगिताको फाइनल राउन्डमा  बिजेता छनौट गर्न भोटिंगको अधिकार दिइको आयोजकले जनाएको छ ।

No comments:

Post a Comment