Thursday, November 18, 2021

कृषक स्वयंले वस्तुको गुणस्तर र लागतका आधारमा मूल्य तोके कृषि क्षेत्रमा विचौलियाको भूमिका गौण हुने कृषि मन्त्री यादवको भनाइ

 



एस पी यादव---

काठमाडौ, मंसिर २

   कृषक स्वयंले वस्तुको गुणस्तर र लागतको आधारमा मूल्य तोके कृषि क्षेत्रमा विचौलियाको भूमिका गौण हुने संघीय सरकारका कृषि तथा पशुपंक्षी विकास मन्त्री महेन्द्र राय यादवले बताएका छन् ।राष्ट्रिय चिया तथा कफी विकास बोर्डले बुधबार आयोजना गरेको १७ औँ राष्ट्रिय कफी दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो। 

    "कफी किसानलाई संरक्षण र प्रोत्साहन, व्यवसायिक कफी उत्पादनमा युवाको योगदान" भन्ने मुल नाराका साथ बुधबार  काठमाडौको किर्तिपुरमा  आयोजित १७ औँ राष्ट्रिय कफी दिवसको अवसरमा बोल्दै मन्त्री यादवले  उत्पादनको मूल्य किसान आफैँले निर्धारण गर्न पाउनुपर्ने बताएका छन्  ।सम्बोधनको क्रममा उहाँले  कफी उत्पादनमा राम्रो सम्भावना रहेकाले कृषकलाई त्यसतर्फ आकर्षित गर्न सरकारले ठूला साना व्यवसायीलाई समान रुपमा सहुलियत उपलब्ध  गराउने समेत  प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

   कृषकका क्षति भएको बालीको क्षतिपूर्तिको व्यवस्था गर्न स्थानीय तह, प्रदेश र सरोकारवाला पक्षसँग समन्वय भइरहेको जानकारी गराउँदै मन्त्री यादवले  कृषि बालीमा सुरक्षाको लागि बिमा गर्न आवश्यक रहेको भए पनि त्यस क्षेत्रमा लाग्न बिमा कम्पनी पछि हटेकाले स्थानीय तहबाट नै समन्वय गर्न आवश्यक रहेको बताए  ।

    कार्यक्रममा सहभागीहरुले कफी व्यवसायमा संलग्न विभिन्न संघ संस्थाका प्रतिनिधिले मुलुकको अर्थतन्त्रलाई गतिशील बनाउन सरकारले कफी कृषकलाई सहुलियत उपलब्ध गराउनुपर्नेमा जोड दिएका थिए । 


No comments:

Post a Comment