Wednesday, November 17, 2021

मैथिली महाकवि विद्यापतिको स्मृति दिवसको अवसरमा सयौं व्यक्ति सम्मानित

 



लोकतन्त्र समाचारदाता---

सर्लाही ,मंसिर १

   मैथिली महाकवि विद्यापतिको स्मृति दिवसको अवसरमा बुधबार  मैथिली भाषा, साहित्य, कला, संस्कृति र समाजसेवाको क्षेत्रमा योगदान पुर्याउँदै आएका तिनसय भन्दाबढी  जनालाई पुरस्कृत गरिएको छ ।

      मैथिली समाज गैरद्बारा सर्लाहीको कबिलासी नगरपालिका वडा न-७ हनुमान चौक स्थित समाजसेवी रजनीकांत झाको अध्यक्षतामा महाकबि विद्यापति स्मृति दिवसको अवसरमा आयोजित  कार्यक्रममा मैथिली भाषा, साहित्य, कला, संस्कृति र समाजसेवाको क्षेत्रमा योगदान पुर्याउँदै आएका विशिष्ठ व्यक्तित्वहरुलाई कदरपत्रले सम्मानित गरेको मुल समारोह समितिले जनाएको छ । 

      कार्यक्रममा हजारौं मैथिली भाषी स्थानीय तथा अन्य जिल्लाहरुबाट आएका ब्यक्तिहरुको उल्लेखनीय सहभागीता रहेको थियो ।


No comments:

Post a Comment