Thursday, November 18, 2021

निर्वाचन अधिकृत उपर हातपात तथा कुटपिट भएपछि बिहिवार हुने भनिएको नेपाली काँग्रेस सर्लाहीको अधिवेशन स्थगित

 




मनोज यादव----

सर्लाही ,मंसिर २

    सर्लाहीमा बिहिवार (आज) हुने भनिएको नेपाली काँग्रेसको १४ औं  जिल्ला अधिवेशन अन्यौलमा परेको छ। निर्वाचन बिहिवार हुने भन्ने टुंगो लागि सकेको र सोही अनुसार कार्यक्रम पनि अगाडी बढी रहेको बेला विपक्षको तर्फबाट परिचालित केही ब्यक्तिहरु  आज(बिहीबार) बिहान निर्वाचन गराउन भनि आएका निर्वाचन अधिकृत उपर पार्टी कार्यालयमा बैठक बसिरहेको समयमा हातपात तथा कुटपिट गरेपछि निर्वाचन स्थगित भएको हो ।

    यसअघि मतदान सम्पन्न गराउनका लागि आएका मतदान अधिकृत बिनोद कार्कीको खटनपटनमा विवाद देखिएपछि उनी राजिनामा दिएर गएपछि त्यसपछि आएका निर्वाचन अधिकृत दिवाकर पाण्डेको उपस्थितिमा कात्तिक २९ गते जिल्ला  अधिवेशन सम्पन्न गराउने सहमति कायम भएको र सोही सहमतिको आधारमा निर्वाचनको सम्पूर्ण कार्यक्रमहरु अगाडी बढेको र सो कार्यक्रमजिल्लाको सदरमुकाम मलंगवा स्थित कुशुम पार्टी प्यालेसमा गर्ने निर्णयसमेत भएको तर सभापति पदका उमेदवार लक्षमण राय पक्षका ब्यक्तिहरु उक्त पार्टी प्यालेस विवादित ठाउँ भएकोले त्यस ठाउँमा कार्यक्रम भए आफुहरु सहभागी नहुने भनेर अडान लिएको तर कार्यक्रम जहाँ राखेपनि पार्दशी र निष्पक्ष हुनुपर्छ भनेर  आफु अडिग भएको तर उहाँहरुले एउटा होटल(कार्यक्रम स्थल)को विषयलाई विवाद बनाएर दुईपक्ष बीच विवाद गराएर झडप गराएको जिल्ला सभापति नागेन्द्र कुमार रायले बताउनुभयो ।उहाँले आज पार्टी कार्यालयमा निर्वाचन अधिकृत पाण्डेको अध्यतामा  केन्द्रीय सदस्य जंगीलाल राय, शम्भुलाल श्रेष्ठ ,प्रदेश मन्त्री बिरेन्द्र सिंह ,प्रदेश न-२ का सांसद उपेन्द्र कुशवाहा र नवीन अधिकारी बीच बैठक चलिरहेकै बेला नवीन अधिकारीको तर्फबाट लक्षमण रायको अग्रसरतामा  केही ब्यक्तिहरु आएर निर्वाचन अधिकृत पाण्डे माथि हातपात तथा कुटपिट गरि मोबाइल फोन खोसेर लग्नुका साथै कात्तिक  २९ गते बसेको बैठकको निर्णयपुस्तिका(माइनिय्युट) समेत लगेको साथै  बैठकमा उपस्थित नेताहरुलाई समेत दुर्ववहार गरेको बताउनुभयो। हातपात तथा दुर्ववहार  गर्ने ब्यक्तिहरुको पहिचान भइसकेकोले जबसम्म प्रहरी प्रशासनले उनीहरूलाई हिरासतमा लिएर कार्यवाही गर्दैन तबसम्म आफुहरु वार्तामा नबस्ने र अधिवेशनको समेत टुंगो नलाग्ने सभापति रायले बताउनुभयो ।

   जिल्लाभरका २० पालिकाको २०० वटा वडाका लागि निर्वाचन हुनेछ ।

  अधिवेशनको अन्तिम  अवस्थामा आएर विवाद भई अधिवेशन नै अन्यौलमा परेपछि नेतृत्वका आकांक्षी र काँग्रेसका आम कार्यकर्ता अन्यौलमा परेका छन् । कात्तिक २९ गते निर्वाचन अधिकृत दीवाकर राज पाण्डेले दुवै समूहका नेताहरुलाई राखेर मंसिर २ गते वडा अधिवेशन गर्ने र त्यसपछि क्रमैसँग पालिका, प्रदेश, संघीय र जिल्ला अधिवेशन गर्ने सहमती गराएका थिए ।



No comments:

Post a Comment