Tuesday, November 23, 2021

कोरोनाका कारण बन्द भएको लालबन्दी स्थित कपडा बैंक पुनः संचालनमा ल्याइयो

 





लोकतन्त्र समाचारदाता---

सर्लाही,मंसिर ७

    सुरु भइसकेको जाडोको मौसमलाई मध्यनजर गर्दै सर्लाहीको लालबन्दीमा  कपडा बैंक संचालनमा ल्याइएको छ ।

    कोरोना संक्रमणका कारण बन्द भएको बन्द भएको सारथी युवा क्लबको व्यवस्थापनमा लालबन्दी नगरपालिका वडा न–७, स्थित डुमडुमे मन्दिर अगाडि रहेको  निःशुल्क कपडा बैंक पुनः  संचालनमा ल्याईएको छ ।

    जाडोमा चिसो छल्न न्यानो कपडा खरिद गरेर प्रयोग गर्ने क्षमता नभएका विपन्न वर्गलाई मध्यनजर गरेर संचालनमा ल्याएको उक्त कपडा बैंक प्रत्येक  शनिवार र सार्वजनिक बिदाको दिन दिउँसो २ बजेदेखि साँझसम्म खुला रहने सारथी युवा क्लव लालबन्दीका अध्यक्ष राजेश आचार्यले जानकारी दिएको छ ।उक्त कपडा बैंकमा सक्ने,समाजसेवी , मनकारी र संघसस्थाले प्रयोग गर्न मिल्ने खालका कपडा दिनसक्ने छन। 

   क्लबका अध्यक्ष आचार्यले  प्रयोग गर्न मिल्ने खालका  घरमा थन्क्याएर राखेका पुराना  कपडाहरु कपडा बैंकमा ल्याएर दिन सबैसँग  आग्रह गरेका छन्। 

No comments:

Post a Comment