Sunday, November 14, 2021

मलंगवामा बहुजन एकता पार्टी नेपालको प्रथम जिल्ला सम्मेलन सम्पन्न

 



लोकतन्त्र  समाचारदाता---

सर्लाही , कात्तिक २८

    बहुजन एकता पार्टी नेपालको प्रथम  जिल्ला सम्मेलन आइतवार सर्लाहीको सदरमुकाम मलंगवामा सम्पन्न भएको छ ।

   बहुजन एकता पार्टी नेपालका जिल्ला अध्यक्ष सुबोध पासवानको अध्यक्षता तथा राष्ट्रिय अध्यक्ष हरिनन्दन कुमार रंजनको प्रमुख आतिथ्यतामा मलंगवा नगरपालिका वडा न-१० स्थित तिनबिधे मैदानमा  सम्मेलन सम्पन्न भएको हो ।

   हजारौं महिला तथा पुरुषहरुको सहभागीता रहेको सम्मेलनलाई विशिष्ठ अतिथि राजाराम पासवान,केन्द्रीय सदस्य जितेन्द्र राम,जितेन्द्र साह,सत्यनारायण महरा लगायतले सम्बोधन गरेका थिए।

    कार्यक्रमको आयोजना जिल्ला कार्यसमिति सर्लाहीले गरेका थिए ।

No comments:

Post a Comment