Sunday, November 7, 2021

सर्लाही आईडल नोबेल पुरस्कारको अडिसन मलंगवामा चल्दै ,७० भन्दा बढी गायक गायिकाहरु बिच खुल्ला प्रतिस्पर्धा जारी

 



लोकतन्त्र समाचारदाता---

सर्लाही,कात्तिक २१

    प्रदेश न-२ को सर्लाही जिल्लामै पहिलोपटक आयोजना भएको रियालिटी सांगीतिक प्रतियोगिता`सर्लाही आईडल नोबेल पुरस्कार २०७८´ को अडिसन आज(आइतवार)बाट सुरु भएको छ ।

    ७० जना भन्दा बढी नयाँ तथा पुराना स्थानीय गायक गायिकाहरुले प्रतिस्पर्धा गरिरहेको यस प्रतियोगिताको अडिसन अहिले मलंगवा नगरपालिका वडा न-८ स्थित कुसुम पार्टी प्यालेसको सभाहलमा चलिरहेको छ ।

    जिल्लामै पहिलो पटक हुन गइरहेको यो यस प्रतियोगिताको आयोजना  बिसेस सर्लाही संस्थाले गरिरहेको छ ।प्रतियोगिहरुको मुल्यांकन  सुप्रशिद्ध गायक संतोष कर्ण र गायक मंजुर आलमले गरिरहेको आयोजक संस्थाले जनाएको छ।प्रतियोगिहरुले मैथिली , भोजपुरी ,नेपाली र हिन्दी गीत गाउनुपर्ने छ ।

  गायन क्षेत्रमा लागेका सर्लाही जिल्लाका गायक गायिकाहरु पहिलोपटक यस किसिमको रियालिटी प्रतियोगितामा सहभागी हुन पाउँदा निकै उत्साहित देखिएका छन् ।

  कार्यक्रमको उद्घोषण पत्रकार  क्षितिज विश्वकर्माले गरिरहनु भएको छ।

 

No comments:

Post a Comment