Sunday, November 21, 2021

सर्लाहीको मलंगवामा जसपा को पार्टी कार्यालय उद्घाटन




लोकतन्त्र समाचारदाता---

सर्लाही,मंसिर ५

     सर्लाहीको सदरमुकाम मलंगवामा जनता समाजवादी पार्टी (जसपा)को जिल्ला पार्टी कार्यालयको स्थापना भएको छ ।उक्त पार्टी कार्यालयको शनिवार  संघीय सरकारको कृषि तथा पशुपंछी विकास मन्त्री महेन्द्र राय यादवले  एक कार्यक्रमका बीच उद्घाटन गर्नु भएको हो ।

   जसपा जिल्ला कार्यसमिति सर्लाहीद्वारा आयोजित उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले सहज हिसाबले पार्टीको कामकाज निरन्तर संचालन गर्न र पार्टीका कार्यकर्ता र जनताहरुलाई सहज एवं स्तरिय सेवा प्रवाह गर्न मलंगवामा स्थापना भएको यस पार्टी कार्यालय सक्रिय भएर लाग्ने बताउनुभयो । 

   कार्यक्रममा सर्लाही निर्वाचन क्षेत्र नं. ३ 'ख' बाट प्रत्यक्ष निर्वाचित प्रदेश सांसद  संजय कुमार यादव, जिल्ला समन्वय समितिका प्रमुख मेथुर चौधरी, कबिलासी नपाका मेयर कौशल किशोर यादव, जसपाका जिल्ला अध्यक्ष बिरेन्द्र राय, जसपा सर्लाही निर्वाचन क्षेत्र नं. २ का क्षेत्रीय इन्चार्ज राम बिनय राय लगायत जिल्ला तहका नेता तथा कार्यकर्ताहरु, पत्रकार लगायत आम जनसमुदायको  भव्य उपस्थिती रहेको आयोजकले जनाएको छ ।

No comments:

Post a Comment