Sunday, November 28, 2021

परियोजनाको नियमित कार्यक्रमहरुलाई अझ प्रभावकारी रुपमा संचालनमा ल्याउनुपर्छ - कृषि मन्त्री महेन्द्र राय यादव

 



एसपी यादव

काठमाडौ, मंसिर १२ 

    प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना खुमलटार, ललितपुरले आइतबार आयोजना गरेको परियोजनाको कार्यान्वयन अवस्था बारे जानकारी कार्यक्रममा संघीय सरकारका  कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्र राय यादवले  किसान वर्ग र देशलाई कृषिमा आत्मनिर्भर बनाउनका लागि परियोजनाले गर्दै आएको नियमित कार्यक्रमहरुलाई अझ प्रभावकारी रुपमा संचालनमा ल्याउन निर्देशन दिएका छन् ।

  उनले परियोजनाले गर्दै आएका कामहरुको पारदर्शिता र अनुदानको नितिमा सुधार ल्याउन आवश्यक रहेको बताए । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनालाई राष्ट्रिय  गौरवको परियोजनाको रुपमा लिनुपर्ने मन्त्री यादवले बताए  ।

  कृषिमा राज्यले प्रदान गर्दै आएको अनुदान सुविधा लक्षित समुहसम्म पुग्न नसकेको र विपन्‍न किसानको जीवनस्तर उकास्‍न भन्दै आएको अनुदान सुविधा टाठाबाठा र पहुँचवालाले लिदै आएको समेत मन्त्री यादवले बताएका छन् ।यस्तो  गलत प्रवृत्तिलाई तोड्न आफुले कुनै कसर बाँकी नराख्ने बताउदै मन्त्री यादवले  "वास्तविक किसानले अनुदान नपाएकै कारण न कृषि उत्पादन बढेको न त विपन्न किसानको जीवनस्तरमा नै सुधार आएको भने ।"

  ब्रीफिङमा संलग्न रहेका कर्मचारीहरुलाई मन्त्री यादवले बजेटमा पारदर्शी भएर काम गर्न समेत निर्देशन दिएका छन् ।ब्रीफिङमा परियोजनाको संक्षिप्त्त परिचय, परियोजनाको सम्भागहरुको स्थिति एवं प्रगति, आ. व. २०७८/७९ को परियोजना, परियोजनाको उपलब्धि, समस्या, चुनौती र सवाल लगायतका विषयहरुमा छलफल भएको छ ।

   प्रमुख अतिथिका रुपमा  कृषि तथा पशुपन्छी विकास मन्त्री  यादव रहेको उक्त कार्यक्रममा  कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचीवद्वय डा.  गोविन्द प्रसाद शर्मा र श्रीमती निरु दाहाल पाण्डे समेतको विशेष उपस्थिति रहेको  कार्यक्रमको अध्यक्षता गर्नुभएका परियोजनाका निर्देशक बैकुण्ठ अधिकारीले जानकारी दिए। 

    कृषि तथा पशुपन्छी विकास मन्त्रालयका निजी सचीव डा. दिनेश यादव, परियोजनाका कर्मचारीहरु तथा  सञ्चारकर्मीहरु समेतको उपस्थिति रहेको उक्त  कार्यक्रमको संचालन  परियोजनाका वरिष्ठ अधिकृत दिवसराज विष्टले गरेका थिए। 

No comments:

Post a Comment