Monday, November 15, 2021

सेवाग्राही सँग घुस लिने सर्लाहीका दुई जना वडा सदस्य रंगेहात पक्राउ

 



लोकतन्त्र समाचारदाता--- सर्लाही ,कात्तिक २९


     सेवाग्राही सँग घुस लिने सर्लाहीका  दुई जना वडा सदस्य रंगेहात पक्राउ परेका छन् ।सर्लाहीको  ईश्वरपुर नगरपालिका  वडा न-११ बेलामा सेवाग्राहीसँग घुसलिने दुई जना वडा सदस्यहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिवास कार्यालयबाट खटिएको टोलीले रङ्गेहात पक्राउ गरेको हो ।

  टोलीले बेलाका वडा सदस्यद्वय सोनेलाल साह र उमेश रायलाई सेवाग्राहीसँग घुस लिदै गरेको अवस्थामा पक्राउ गरेको हो । ढलान सम्वन्धी काम सम्पन्न पश्चात उपभोक्ता समितिलाई कार्य सम्पन्न भएको सिफारिस गरिदिए बापत सेवाग्राहीसँग लिएको एक लाख ५० हजार रुपैया सहित वडा सदस्यद्वय साह र रायलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ ।

     दुवै वडा सदस्यलाई अख्तियारको टोलीले सोमबार दिउँसो वडा सदस्य  साहले नै लालबन्दी नपा-७ स्थित बजारमा  संचालन गरेको कृष्ण इन्टरप्राइजेजबाट घुस रकमसहित रंगेहात  पक्राउ गरेको हो । बेला भलुवाहीमा भर्खरै २५ लाखको बजेटबाट सडक ढलानको कार्य सम्पन्न भएको छ ।

No comments:

Post a Comment