Saturday, November 27, 2021
सर्लाही आईडल नोबेल पुरस्कार २०७८ को फाइनल प्रतिस्पर्धामा छनौटका लागि मलंगवामा आज(सनिवार)कडा प्रतिस्पर्धा चल्दै
"सर्लाहीको सान सर्लाहीको मान" भन्ने नाराका साथ विज्ञाप सेवा समिति(विसेस) सर्लाहीको आयोजनामा जारी सर्लाही आईडल नोबेल पुरस्कार २०७८ को फाइनल प्रतिस्पर्धामा छनौटका लागि आज(सनिवार)गायक गायिकाहरु बीच कडा प्रतिस्पर्धा चल्दै छ।सर्लाही जिल्लामै पहिलो पटक आयोजना भएको यस प्रतियोगिताको फाइनलमा प्रवेश पाउनका लागि ३२ जना बीच कडा प्रतिस्पर्धा चलिरहेको आयोजक संस्था विज्ञापन सेवा समिति (विसेस )सर्लाहीका अध्यक्ष बख्तियार अलीले जनाएको छ।
सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका वडा न-८ स्थित प्रतियोगिताको स्पोन्सर्स समेत रहेको कुशुम पार्टी पैलेसको हलमा भइरहेको उक्त प्रतियोगितमा सेमिफाइनलबाट छानिएका १० जना गायक गायिकाहरु बीच भोली(१२ गते आइतवार)फाइनल प्रतिस्पर्धा हुने प कार्यक्रम संयोजक एवं निर्णायक कमिटीका सदस्य मैथिली गायक संतोष कर्णले जानकारी दिएको छ ।
प्रतियोगिताको फाइनलमा जिल्लाका २० वटै पालिकाका प्रमुख, उपप्रमुख तथा स्पोन्सरहरुले भोटिङ्ग गर्ने र सोही भोटिङ्गको आधारमा विजेता छानिने छ ।आइडलको उपाधि बिजेताले नगद ५१ हजार, उपबिजेताले नगद ३१ हजार र तेस्रो हुनेले नगद २१ हजार रुपैयाँ र कदरपत्र प्राप्त गर्ने छन् ।
यसै अवसरमा नेपालमै सबैभन्दा बढी लगानीमा निर्माण हुन लागेको नेपाली (स्थानीय) भाषाको फिचर फिल्म(चलचित्र) को समेत घोषणा गरिएको छ ।विसेस सर्लाहीले निर्माण गर्ने उक्त चलचित्रको नाम "मधेश एक्सप्रेस" राखिएको निर्माण कमिटीले जनाएको छ,जसको लागि लगानीकर्ता सँग समेत सम्झौता गर्ने कार्य अन्तिम चरणमा रहेको चलचित्र निर्माता संस्थाले जानकारी गराएको छ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment