Monday, November 15, 2021

सर्लाही प्रहरीद्वारा लालबन्दी नगरपालिका क्षेत्रमा लगाइएका गाँजा खेती नष्ट

 

---५० हजार बोट फडानी गरियो---


लोकतन्त्र समाचारदाता---

सर्लाही ,कात्तिक २९

     सर्लाही प्रहरीले जिल्लाको लालबन्दी नगरपालिकास्थित उत्तरतर्फका बिभिन्न ठाउँहरुमा लगाइएको अवैध गाँजा खेती नष्ट गरेको छ ।

   आइतवार लालबन्दी नगरपालीका वडा न- १४ अन्तर्गत  कामिटार, मटरखोला, हात्तीसुँडे, तोरीबारी, मटरदोभान र ब्रह्मस्थानमा स्थानीयवासीले ठुलो मात्रामा  लगाएको अवैध गाँजा खेती प्रहरीले फँडानी गरेको हो । उक्त स्थानमा स्थानीयहरुले ठूलो मात्रामा गाँजा खेती लगाएको छ भन्ने प्राप्त गोप्य   सूचनाको आधारमा पुगेका प्रहरी र सशस्त्र प्रहरीको टोलीले करिब ६ बिघा क्षेत्रफलमा लगाएको गाँजा खेती नष्ट गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवं डिएसपी माधव प्रसाद बुढाथोकीले जानकारी दिएको छ।

     जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट प्रहरी निरिक्षक सुरेश ठाकुर  र सशस्त्र प्रहरी बल सुरक्षा बेसक्याम्प हरिवनबाट सशस्त्र प्रहरी नायव उपरीक्षक दीपेन्द्र थापाको कमान्डमा खटिगएको  सुरक्षाकर्मीको टोलीले सो क्षेत्रको ६ बिगहामा लगाइएको अन्दाजी ५० हजार बोट अवैध गाँजा फडानी गरि नष्ट गरेको जिप्रका सर्लाहीका डिएसपी  बुढाथोकीले जनाएको छ ।

  अझैपनि ठुलो क्षेत्रफलमा गाँजा खेती गरिएको हुन सक्ने अनुमान प्रहरीले गरेको छ ।


No comments:

Post a Comment