Tuesday, November 16, 2021

सर्लाहीको बाँके जंगलमा मोटरसाइकल दुर्घटनामा परि दुई युवकको ज्यान गयो





लोकतन्त्र समाचारदाता---

सर्लाही ,कात्तिक ३०

    पुर्व पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको बाँके जंगलमा मोटरसाइकल दुर्घटनामा हुँदा दुई युवकको ज्यान गएको छ ।

    सोमबार राति करिब साँढे ११ बजेतिर सर्लाहीको  ईश्वरपुर नगरपालिका वडा न–१२, घारिबथानस्थित भित्री सडक खण्डमा  प्रदेश–२–०३–००४ प ९५३९ नम्वरको मोटरसाइकल आफै अनियन्त्रित भई सडक छेउको रुखमा ठोक्किएर भएको दुर्घटनामा घारिबथान घर भएका मोटरसाइकल चालक २२ वर्षीय सुरज मुर्मछान मगर र मोटरसाइकल पछाडि सवार २० वर्षीय मुकेश आलेको ज्यान गएको जिल्ला  प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

     चालक मुर्मछानको लालबन्दीमा र मोटरसाइकल  पछाडि सवार आलेको उपचारको लागि  वीरगंज लाँदा ज्यान गएको प्रहरीले जनाएको छ ।

   

No comments:

Post a Comment