Thursday, November 25, 2021

महिला हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत बिहीबार मलंगवामा र्याली तथा अन्तरक्रिया गरियो

 

---साँझ दिपसमेत बालियो---




लोकतन्त्र समाचारदाता---

सर्लाही,मंसिर ९

    ३० औं अन्तर्राष्ट्रिय महिला हिंसा  विरुद्धको १६ दिने अभियानको अवसरमा सर्लाहीको सदरमुकाम मलंगवामाआज(बिहिवार) र्‍याली तथा  अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ ।अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) , ओरेक नेपाल तथा जिल्ला प्रहरी कार्यालयको संयुक्त आयोजनामा  र्याली तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको हो ।

   "घरैबाट शुरु गरौं महिला विरुद्ध हिंसा अन्त्य गरौं"भन्ने नाराका साथ  मलंगवा नपा वडा न-१० स्थित सहिद चौकबाट निकालिएको र्याली नगरको परिक्रमा गर्दै पुनः सहिद पार्कमा पुगेर र्यालीमा सहभागी महिला अधिकारकर्मी,तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरु बीच

बढ्दो लैङ्गिक हिंसा तथा लैंगिक विभेदको विषयमा अन्तरक्रिया गरिएको इन्सेकका सर्लाही जिल्ला प्रतिनिधि बुधन साहले जानकारी गराएको छ।

   मंसिर ८ गतेदेखि सुरु भइ मंसिर २४ गतेसम्म  जिल्लास्थित विभिन्न संघसंस्थाहरुले संयुक्तरुपमा आयोजना गर्ने यस अभियानमा लैङ्गिक हिंसा निवारणमा मद्धत पुग्ने गरी कार्यक्रमहरु तय गरिएको आयोजक संस्था ओरेक नेपालले जनाएको छ। 

        यसै अवसरमा आजै साँझ सहित पार्कमा दिप समेत प्रज्वलन गरिएको छ ।


No comments:

Post a Comment