Tuesday, November 23, 2021

जबर्जस्ती करणीको मुद्दामा फरार रहेका नोकैल्वाका एक प्रतिवादी पक्राउ





लोकतन्त्र समाचारदाता---

सर्लाही ,मंसिर ७

     प्रहरीले जबर्जस्ती करणी उद्योग मुद्दामा  मुद्धामा फरार रहेका एकजना प्रतिवादीलाई  पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाहीको ब्रम्हपुरी  गाउँपालिका वडा न-७ नोकैल्वा बस्ने  वर्ष ३८ को श्याम सुन्दर यादव रहेको छ। 

   यादव उपर २०७८ साल भदौ ५ गते बिहान २ बजेको समयमा  स्थानीय एक २२ वर्षीया महिलालाई निजको घर भित्र प्रवेश गरी जबर्जस्ती करणी गर्ने प्रयास गरी फरार भएको आरोप रहेको छ।उक्त घटना पछि फरार भएका प्रतिवादी यादवलाई खोजतलास गर्ने क्रममा सोमबार फेला पारेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी माधव प्रसाद बुढाथोकीले जानकारी दिएको छ।

   पक्राउ प्रतिवादी यादवलाई जिल्ला अदालत सर्लाहीबाट पहिलोपटक ५ दिनको म्याद थप गराइ अनुसंधान अगाडी बढाएको प्रवक्ता बुढाथोकीले जनाएको छ ।


No comments:

Post a Comment