Monday, November 15, 2021

प्रधानन्यायाधीशको राजीनामा माग्दै सर्लाहीमा पनि वकिलहरु हातमा कालोपट्टी बाँधेर धर्नामा

 




मनोज यादव---

सर्लाही,कात्तिक २९ गते

     प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामाको माग गर्दै सर्लाहीमा पनि मलंगवा स्थित जिल्ला अदालतमा कानुन व्यवसायी(वकिल)हरुले हातमा कालोपट्टी बाँधेर धर्ना दिएका छन् ।

   सर्लाही जिल्ला अदालत बार एसोसिएसन सर्लाहीको आयोजनामा कानुन व्यवसायीहरुले अदालतको मुल गेट अगाडी बिहान १० बजेदेखि दिउँसो १२ बजेसम्मको लागि  धर्ना दिएका हुन् ।

   सम्मानित सर्वोच्च अदालतका प्रधानन्यायाधीश जबराले वर्तमान न्यायपालिका भित्रको विकृति,विसंगति,विचौलिया, भ्रष्टाचार नियन्त्रण गर्न सुधारका लागि वाधक देखिएकोले उहाँको राजिनामाको माग गर्दै केन्द्रीय बार एसोसिएसनले गरेको  परिपत्र अनुसार कात्तिक २८,२९ र ३० गतेसम्म बिहान १० बजेदेखि दिउँसो १२ बजेसम्म हातमा कालोपट्टी बाँधेर धर्नामा बसेको सर्लाही जिल्ला अदालत बार एसोसिएसन कार्यसमितिका अध्यक्ष नरेश कुमार चौधरीले बताए।

    ‘न्यायपालिकाको विकृति, विसंगति र भ्रष्टाचारविरुद्ध हाम्रो अभियान जारी रहने बताउँदै न्यायपालिकाको गरिमा कायम राख्न नसक्ने प्रधानन्यायाधिशले राजीनामा दिनुपर्ने आफुहरुको माग रहेको अधिवक्ता रामबदन प्रसाद साहले भने ।

   भोली मंगलबार पनि जारी रहने उक्त धर्नामा ३ दर्जन भन्दाबढी कानुन व्यवसायीहरुको सहभागीता रहेको छ।

  

No comments:

Post a Comment