Friday, November 26, 2021

मलंगवामा वडा कार्यालय अगाडीबाटै मोटरसाइकल चोरी

 




लोकतन्त्र समाचारदाता---

सर्लाही ,मंसिर १०

सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका वडा न- ८ बाट  मोटरसाइकल चोरी भएको छ ।  

    बिहीबार साँझ करिब सवा ४ बजे तिर वडा न-८ को वडा कार्यालय अगाडी पार्किङ गरि राखिएको उदय प्रसाद साहको  BR30M 2532नम्बरको कालो रंगको प्यासन प्रो मोटरसाइकल चोरी भएको स्थानीय विशाल गुप्ताले जनाएको छ।

    विगत केही दिनदेखी जिल्लाका विभिन्न व्यस्त बजारबाट दिनदहाडै मोटरसाइकल चोरीको घटनाहरु बढेको छ ।केही दिन अगाडी राष्ट्रिय रोजगार प्रवर्द्धन केन्द्र संस्थाको यामाहा कम्पनीको  मोटरसाइकल मलंगवामा नपा वडा न-९ स्थित ब्राइट फ्युचर बोर्डिङ स्कुल अगाडीबाट  चोरी भएको थियो ।


No comments:

Post a Comment