Monday, November 29, 2021

दलित समुदायबाट प्रतिनिधित्व गर्ने नथुनी विश्वकर्मा बने पहिलो सर्लाही आईडल २०७८ को विजेता





मनोज यादव----

सर्लाही,मंसिर १३

    सर्लाही स्थित सामाजिक संस्था  विज्ञापन सेवा समिति(विसेस)ले आयोजना गरेको पहिलो सर्लाही आईडल नोबेल पुरस्कार २०७८को  उपाधी दलित समुदायबाट प्रतिनिधित्व गरेका नथुनी विश्वकर्माले जितेका छन्। 

    आइतवार सर्लाहीको सदरमुकाम मलंगवास्थित कुसुम पार्टी प्यालेसमा आयोजना गरिएको आइडलको फाइनल चरणमा उत्कृष्ट १२ प्रतिष्पर्धीलाई उछिन्दै विश्वकर्मा  सर्लाही आईडल भएका हुन् । उनले ५१ हजार रुपैया नगदसहित  प्रमाण पत्र प्राप्त गरेका छन् ।यसै गरी सुवैना सिंह दोस्रो उनले ३१ हजार  र तेस्रो हुने अमरनाथ यादवले २१ हजार रुपैया नगद तथा प्रमाणपत्र प्राप्त गरेको  आयोजक संस्थाका अध्यक्ष बख्तियार अलीले  जानकारी दिए । प्रतियोगिताको निर्णायक  सर्लाहीका मैथिली गायक संतोष कर्ण र रौतहटका गायक मंजुर अली रहेका थिए भने कार्यक्रमका संचालनक पत्रकार  क्षितिज विश्वकर्मा रहेका थिए ।

    "सर्लाहीको सान सर्लाहीको मान" भन्ने नाराका साथ प्रदेश न-२ मै पहिलो पटक आयोजना भएको  प्रतियोगिताको फाइनलमा सर्लाही जिल्लाका २० वटै पालिकाहरु बाट छनौट भएर आएका १३ जना स्थानीय स्तरका नवप्रतिभाहरु बीच नेपाली , मैथिली , भोजपुरी, र हिंदी गीतमा प्रतिस्पर्धा गराएर जिल्लाका २० वटा पालिकाबाट अतिथिको रुपमा आमन्त्रित गरिएका प्रमुख ,उपप्रमुख , समाजसेवी तथा जिल्लाका विशिष्ट व्यक्तिहरुले गरेको भोटिङ्गको आधारमा विजेता तथा उपविजेता छानिएका थिए ।

   सोही अवसरमा प्रतियोगिता सफलतापुर्वक सम्पन्न गराउन सहयोग पुर्याउने पालिका प्रमुख , उपप्रमुख, समाजसेवी , मानवअधिकारकर्मी, नागरिक समाज, स्वास्थ्यकर्मी , उद्योगी, ब्यापारीहरुलाई पनि कदर पत्रद्वारा सम्मान गरिएको छ।


   

No comments:

Post a Comment