Tuesday, November 9, 2021

प्रदेश स्तरिय गाउँपालिका अध्यक्ष क्रिकेट कपको उपाधी चन्द्रनगरले जिते

 

---प्रतियोगिताको समापन समारोहमा प्रदेश सांसदद्वारा सर्लाहीका पत्रकारहरु समेत सम्मानित---


लोकतन्त्र समाचारदाता----

सर्लाही,कात्तिक २३

    सर्लाही जिल्ला स्थित चन्द्रनगर गाउँपालिकाले बबरगंजमा आयाेजना गरेको  प्रदेश स्तरिय गाउँपालिका अध्यक्ष क्रिकेट कप प्रतियाेगिताको उपाधी सर्लाहीको  चन्द्रनगर गाउँपालिकाले जित्न सफल भएको छ।

   सर्लाही जिल्लाको १६ वटा, बागमती प्रदेशको एउटा तथा प्रदेश न-२ का अन्य जिल्लाकासहित ३२ वटा टिमकाे सहभागिता रहेकाे उक्त  प्रतियाेगितामा आयाेजक चन्द्रनगर गापा प्रथम भएकाे छ भने हरिपुर्वा नगरपालिकाकाे टिम द्वितीय भएकाे छ । प्रथम हुने टिमलाई नगद ७० हजार रुपैयासहित, शिल्ड, मेडल र प्रमाणपत्र तथा  द्वितीय हुने टिमलाई नगद ३५ हजार रुपैयासहित , शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ। 

   

 बिजेता टिम तथा  खेलाडीहरुलाई प्रमुख अतिथि प्रदेश सांसद उपेन्द्र महतो र गाउँपालिका अध्यक्ष महेन्द्र महताेले पुरस्कार वितरण गरेका छन् ।साेही अवसरमा जिल्लाका केही पत्रकारहरुलाई पनि  प्रसंशापत्रबाट सम्मान गरिएकाे छ ।

No comments:

Post a Comment