Monday, November 1, 2021

आधारभूत विद्यालय धनकौल(पुर्वारी)मा उत्पन्न प्रअ र शिक्षक बीचको विवाद सल्टियो

 

शिक्षक-राजिव महतो



लोकतन्त्र समाचारदाता---

सर्लाही ,कात्तिक १५ 

    सर्लाहीको हरिपुर्वा नगरपालिका वडा न-३ धनकौल स्थित श्री राष्ट्रिय आधारभूत विद्यालयका शिक्षक राजिव महतोले सोही विद्यालयका प्राधानाध्यापक हरिनारायण कुशवाहा उपर लगाएको कुटपिट तथा गाली बेइज्जती सम्बन्धि आरोप फिर्ता लिई आफुहरु बीचको असमझदारीका कारण उत्पन्न विवाद सल्टिएको बताएका छन् ।

   उनले सदरमुकाम मलंगवा स्थित रिपोटर्स क्लबको कार्यालयमा आएर यस्तो बताएका।हुन ।

   केही महिना अगाडी जिल्लाकै चन्द्रनगर गाउँपालिका वडा न-३ बर्कुवा निवासी शिक्षक महतोले नेपाल राष्ट्र बैंकमा  आफ्नो र प्रअ कुशवाहाको नाममा संचालन भएको विद्यालयको खाताबाट शिक्षकहरुलाई तलब खुवाउन भनी  खाताबाट रकम झिक्न प्रअले आफुसँग ब्ल्याँक चेकमा हस्ताक्षर गराउन खोजेको आरोप लगाएका थिए ।तर आफुले हस्ताक्षर गर्न नमानेपछि प्रअले गाउँका केही केटाहरु लगाएर कुटपिट गराएको शिक्षक महतोले बताएका थिए ।सोही घटनालाई लिएर उनले केही संचार माध्यमबाट समाचार समेत प्रकाशित गराएका थिए ।

    उनले क्लबको साक्षातकार कक्षमा आफै आएर अब हामी दुइबिचको मनमुटाव समाप्त भइसकेर सम्बन्ध सुमधुर भएको बताएका छन् ।

No comments:

Post a Comment