Monday, November 1, 2021

अहिलेसम्म शिक्षा ऐन नआउनुमा सरकारको कमजोरी : शिक्षा,विज्ञान तथा प्रविधि राज्यमन्त्री बोधमाया कुमारी यादव

 




लोकतन्त्र समाचारदाता---

सर्लाही ,कात्तिक १५

    शिक्षा ,विज्ञान तथा प्रविधि राज्यमन्त्री बोधमाया कुमारी यादवले अब चाँडै नै संघीय शिक्षा ऐन आउने बताउनुभएको छ ।शिक्षा विकास समन्वय तथा समन्वय ईकाइ सर्लाहीले सदरमुकाम मलंगवामा आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको छ।उहाँले अहिलेसम्म शिक्षा ऐन नआउनु सरकारको  कमजोरी रहेको समेत स्विकार्नु भएको छ।


     उहाँले जिल्लाको शैक्षिक चिनारी सहितको वर्तमान शैक्षिक अवस्था पत्रमा उल्लेख गरिएको विषयबस्तु मन्त्रालयमा छलफल गरिने बताउनुभयो ।उहाँले शिक्षाको समस्या बुझ्दै गएको र सुधारको कडीको रुपमा हेरिरहेको स्पष्ट निति सहितको संघीय शिक्षा ऐन चाँडै जारी हुने जानकारी गराउनुभयो।उहाँले सर्लाही ईकाइको समस्यालाई पनि समाधान गर्ने बताउनुभयो ।

   सोही कार्यक्रममा बोल्दै शिक्षा ईकाइ सर्लाहीका प्रमुख राम आधार कुशवाहाले अध्यादेश मार्फत भएपनि शिक्षा सम्बन्धि ऐन ल्याउनुपर्ने बताउनुभयो ।शैक्षिक सत्र खेर नफाल्न ईकाइ सुरुदेखि नै सक्रिय रहेको उल्लेख गर्नुभयो।

    शिक्षा ईकाइको विशेष आमन्त्रणामा सर्लाही आउनुभएका राज्यमन्त्री यादवले जिल्लाको शैक्षिक अवस्थाको बारेमा जानकारी लिनुका साथै  कार्यालयको  अवलोकन गरेका थिए ।

    प्राविधिक सहायक सुनिल कुशवाहाले संचालन गरेको कार्यक्रममा वाइसीएल प्रदेश न-२ का इन्चार्ज शंकर महतो,नेकपा माओवादी जिल्ला कार्यसमिति सर्लाहीका सदस्य जितेन्द्र महतो,सिटिइभिटी मलंगवाका प्रमुख मंकेश्वर सिंह ,शिक्षक, ईकाइका कर्मचारी ,पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

  

No comments:

Post a Comment