Tuesday, November 23, 2021

१५औं वर्षमा प्रवेश गरेको अवसरमा गरिमा विकास बैंकद्वारा मलंगवामा रक्तदान

 




मनोज यादव---

सर्लाही ,मंसिर ७

   गरिमा विकास बैंक लिमिटेडले आफ्नो १५औं वार्षिकोत्सबको अवसर पारेर सर्लाहीको सदरमुकाम मलंगवामा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । बैंकको मलंगवा  शाखाले आज(मंगलबार) आफ्नै मलंगवा स्थित  कार्यालयमा एक कार्यक्रमको आयोजना गरी रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।

   रक्तदान जिवनदान भन्ने नारालाई साकार गर्न भनी विकास बैंकले आयोजना गरेको उक्त  कार्यक्रम मार्फत दुई दर्जनभन्दा बढी ब्यक्तिहरुले आ-आफ्नो रगत दान गरेका छन् ।नेपाल रेडक्रस सोसाइटी मलंगवाको सहकार्यमा भएको उक्त कार्यक्रमको शुभारम्भ सहारा विकास बैंकका निवर्तमान अध्यक्ष एव समाजसेवी संजय गुप्ता "सुगन्ध" तथा गरिमा विकास बैंक लिमिटेड मलंगवा शाखाका शाखा प्रबन्धक पुष्प श्रेष्ठले रगत दान गरेर गरेका थिए ।

    रगतको अभावका कारण कुनैपनि बिरामीले अकालमा आफ्नो ज्यान गुमाउनु नपरोस् भन्ने पवित्र उदेश्य लिएर केही थोरै भएपनि रगत संकलन होस् भन्ने अभिप्रायले आयोजना गरिएको रक्तदान कार्यक्रम मार्फत  रगत दान गरेर सहयोग पुर्याउनु भएका महानुभावहरुलाई सम्मान गर्दै विकास बैंकको तर्फबाट  धन्यवाद स्वरुप कदरपत्र समेत प्रदान गरिएको बैंकले जनाएको छ ।

No comments:

Post a Comment