Monday, November 8, 2021

सर्लाहीको मलंगवामा राप्रपा संयुक्तको एकता अधिवेशन सम्पन




लोकतन्त्र समाचारदाता---

सर्लाही,कात्तिक २२

    राष्ट्रिय प्रजातन्त्र पार्टी ,संयुक्तले सोमबार सर्लाहीको सदरमुकाम मलंगवामा जिल्ला एकता अधिवेशन सम्पन्न गरेको छ । आगामी मंसिरमा काठमाडौंमा हुन लागेको पार्टीको केन्द्रीय महाधिवेशनलाई दृष्टिगत गरी जिल्ला अधिवेशन गरेको पार्टीले जनाएको  छ ।

   सोमबार पार्टीका राष्ट्रिय अध्यक्ष प्रकाशचन्द्र लोहनीको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनबाट सत्यनारायण रायको अध्यक्षतामा २० सदस्यीय जिल्ला कमिटी गठन गरिएको छ ।नवगठित पदाधिकारीहरु मध्ये  सहअध्यक्ष ,उपाध्यक्ष ,सचिव, सहसचिव पदमा क्रमशः नरेन्द्र ध्वज बानियाँ,जगदीश मण्डल ,कृष्ण बहादुर थापा,जनकलाल स्याङ्वा,संतोष कुमार यादव र सदस्यहरुमा जनकराज पौडेल ,राम शरण राय,चन्दा प्रतिहस्त सर्वसम्मतिबाट चुनिएका छन् । साथै सोही अधिवेशनबाट सर्लाही जिल्ला अन्तर्गतको चारवटै संसदीय निर्वाचन क्षेत्रका लागि संसदीय क्षेत्र अध्यक्षहरुको समेत चयन गरेको पार्टीले जनाएको छ।

   आज आयोजित कार्यक्रममा सांसद एवं पार्टीका महामन्त्री राजेन्द्र लिङ्देल,केन्द्रीय सदस्य श्याम तिमन सिंह ,भरत गिरी,प्रदेश न-२ अध्यक्ष रामचन्द्र राय,केन्द्रीय सदस्य मिना झा लगायत पार्टीका जिल्ला स्तरका नेता तथा  कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो ।

    





No comments:

Post a Comment