Tuesday, November 23, 2021

यौन दुर्ववहारका धेरै घटनाहरु राजनीतिक मिलापत्रका कारण हुने गरेको अधिकारकर्मीहरुको ठहर

 




लोकतन्त्र समाचारदाता---

सर्लाही ,मंसिर ७

       सर्लाहीको सदरमुकाम मलंगवामा जिल्लामा जबर्जस्ती करणीको अवस्था र हाम्रो दायित्व विषयक एकदिने अन्तरक्रिया कार्यक्रम  सम्पन्न भएको छ ।साथसाथ सिकाइ संजाल सर्लाहीको आयोजनामा मलंगवा स्थित महेन्द्र होटलमा सम्पन्न कार्यक्रममा सर्लाहीमा विद्यमान जबर्जस्ती करणी , त्यसको अवस्था तथा  यसको न्युनिकरणका लागि हाम्रो दायित्व र भूमिकाको विषयमा सरोकारवालाहरु बीच अन्तरक्रिया गरिएको हो ।

    संजालका अध्यक्ष नजमा खानको अध्यक्षता तथा जिल्ला समन्वय समिती सर्लाहीकी  उपप्रमुख जमुना पराजुलीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा सर्लाही प्रहरीका प्रवक्ता एवं डिएसपी  माधव बुढाथोकीले जिल्लामा भएको जबर्जस्ती करणीका  घटनाहरुको बारेमा जानकारी गराएका थिए ।यस्तै कार्यक्रमका प्रमुख अतिथि जिसस उपप्रमुख पराजुलीले जिल्लामा दिनप्रतिदिन बढ्दै गरेको  यौन दुर्ववहारका घटनाहरु राजनीतिक मिलापत्रका कारण  हुने गरेको बताउनुभयो ।उहाँले कानुन बलियो भए पनि न्याय व्यवस्था कमजोर  हुँदा पिडितले न्याय पाउन नसकेको बताउनु भयो ।उहाँले  लैगिंक हिंसाको १६ दिने अभियानमा प्रत्येक पालिकाको वडामा कम्तिमा  २ वटा कार्यक्रम गर्न समेत अनुरोध गर्नुभयो ।

   मेयर निरसल साहले पनि  संजालको साथमा रहेर मलंगवा नगरपालिकाको तर्फबाट गर्न सकिने  सहयोग गर्ने प्रतिबद्धता गर्नुभयो ।

     को-कैपको सहयोगमा आयोजना  भएको कार्यक्रममा मेयर साह, उपमेयर शान्ती मिकरानी,सहायक प्रमुख जिल्ला अधिकारी भुमिश्वर पोखरेल, डिएसपी बुढाथोकी,बाल संगठनका सभापति  समिमबाबु खान, साथसाथ सिकाई संजालका प्रदेश कमिटी सदस्य बनिता कार्की, को-कैपका कार्यक्रम संयोजक अम्बिका पौडेल,पत्रकारहरु लगायत महिला अधिकारको क्षेत्रमा काम गर्ने महिला अधिकारकर्मीहरुको  सहभागिता रहेको थियो ।

   कार्यक्रमको संचालन महिला पत्रकार  बन्धना झाले गर्नुभएको थियो।


No comments:

Post a Comment