Friday, November 12, 2021

सर्लाही मलंगवामा नेशनल ईन्जिनियर्स एसोसिएसनको दोश्रो जिल्ला सम्मेलन सम्पन्न,

 



---आगामी चुनावको सम्बन्धमा छलफल---

लोकतन्त्र समाचारदाता---

सर्लाही ,कात्तिक २६

  नेशनल ईन्जिनियर्स एसोसिएसन नेपालको  दोश्रो जिल्ला सम्मेलन तथा NEAN को चुनाव सम्बन्धि छलफल कार्यक्रम सर्लाहीको सदरमुकाम मलंगवामा सम्पन्न भएको छ।

     मलंगवा नगरपालिका वडा न-१० स्थित रहेको जानकी पार्टी पैलेसमा शुक्रवार एक कार्यक्रम का बीच दोश्रो जिल्ला सम्मेलन एवं एसोसिएसनको चुनावी छलफल कार्यक्रम सम्पन्न भएको हो ।कार्यक्रममा सहभागी वक्ताहरुले इन्जिनियरहरुको एकता तथा देश लाई नयाँ दिशा प्रदान गर्न नयाँ उर्जाका साथ अगाडी बढ्न सुझाव दिएका थिए।

     NEAN जिल्ला कार्यसमिति सर्लाहीका सभापति ई.जितेन्द्र


रायको अध्यक्षता तथा नेपाल विधुत प्राधिकरण मलंगवा वितरण केन्द्रका उपप्रवन्धक ई. बिनोद यादवको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको आयोजना NEAN जिल्ला कार्यसमिति सर्लाहीले गरेका थिए ।

    ने.ई.एसोसिएसनको चाँडैनै सम्पन्न हुन गइरहेको चुनावमा प्रादेशिक केन्द्र प्रदेश न-२ को दोस्रो कार्यकारिणी समितिमा NEAN का ई.गौरी पंडितको नेतृत्वमा केन्द्रीय कार्यकारिणी सदस्यको पदमा ई.तपेश्वर यादव,उपसभापतिको पदमा ई.सुशिल प्रसाद देव,सचिवमा सफल कुमार साह, सहसचिवमा ई.गौरव कुमार सर्राफ र कोषाध्यक्षको पदमा ई.तेजनारायण यादवले उमेदवारी दिएका छन् ।त्यस्तै सदस्य पदका लागि ई.सितेश कुमार यादव,ई.दिपक कुमार मण्डल ,ई.कृष्ण कुमार राय,ई.अंजली ठाकुर,ई.प्रविन कुमार यादव,ई.सुम्मी मिश्र,ई.जयशंकर कुमार शर्मा ,ई.वम शंकर यादव,ई.मो गुलाम जिलानी,ई.मनोज कुमार सहनी उमेदवार रहेका छन् ।

   नेपाल ईन्जिनियरिङ परिषदको सदस्य पदका लागि पनि चारजना उमेदवारहरु रहेका छन् ।उक्त पदका लागि ई.रघुनन्दन ठाकुर,आ रोशनी यादव,ई.प्रमोद कुमार यादव र ई.अभिषेक ठाकुरले उमेदवारी दिएको NEAN का प्रदेश न-२ उपाध्यक्ष ई.मृगेन्द्र यादव(मुन्ना) ले जानकारी गराएको छ ।

   कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवं  ने.वि.प्राधिकरण वितरण केन्द्र मलंगवाका उपप्रवन्धक यादवले इन्जिनियरहरुले देशको विकासमा टेवा पुर्याउनुको साथै देशलाई भ्रस्टाचार मुक्त बनाउने उदेश्य पनि बोकी अगाडी बढिरहेको बताउनु भयो ।साथै उहाँले चुनावको सफलताको समेत कामना गर्नुभयो ।

    प्रदेश न-२ अन्तर्गतका विभिन्न जिल्लाका जिल्ला अध्यक्ष लगायतका पदाधिकारीहरुको समेत सहभागीता रहेको कार्यक्रममा ईन्जिनियरहरु बिच  आगामी चुनावको बारेमा वृहत् रुपमा छलफल गरिएकोNEAN का प्रदेश न-२ उपाध्यक्ष ई. यादव(मुन्ना)ले जनाएको छ।


No comments:

Post a Comment