Monday, November 15, 2021

६ कराेडकाे लागतमा बनेकाे प्रदेश न-२ मै उत्कृष्ट धनकौल गाउँपालिकाको प्रशासनिक भवनको महिला, बालबालिका युवा तथा खेलकुद मन्त्री विरेन्द्र प्रसाद सिंहद्वारा उद्घाटन

   

लोकतन्त्र समाचारदाता---

सर्लाही,कात्तिक २९

     ६ कराेडकाे लागतमा बनेकाे प्रदेश न-२ मै सबैभन्दा  उत्कृष्ट सर्लाहीको धनकौल गाउँपालिकाको नवनिर्मित मुख्य प्रशासनिक भवनको  उद्घाटन गरिएको छ । उक्त भवनको सोमबार गाउँपालिका अध्यक्ष रामअश्रय साहको अध्यक्षतामा आयोजित एक समारोहका बीच प्रमुख अतिथि  प्रदेश न- २ का  महिला, बालबालिका युवा तथा खेलकुद मन्त्री विरेन्द्र प्रसाद सिंहले उद्घाटन गर्नु भएको हो 

    सोमबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री सिंहले धनकौल गाउँपालिका विकास निर्माणको हरेक क्षेत्रमा जिल्लामै उत्कृष्ट रहेको दाबी गर्नुभयो । आफुले जिल्लाको २० वटै  पालिकाहरुको भ्रमण गरिसकेको तर आफनो ४ वर्षको कार्यकालमा भवन निर्माण गरेको यो नै पहिलो भएको मन्त्री सिंहले बताउनुभयो  । यो भवन जिल्लामा मात्र नभई प्रदेश २ कै उत्कृष्ट भवन रहेको बताउँदै धनकौल गाउँपालिका  जिल्लामै नमुना गाउँपालिका रहेको उहाँले जिकिर गर्नुभयो। 

   कार्यक्रमा बोल्दै गापा अध्यक्ष  साहले सबैको साथ र सहयोगले गर्दा नै गाउँपालिकाले आफनै मुख्य प्रशासनिक भवनको निर्माण गर्न सफल भएको बताउनु भयो । ठेकेदारले समयमा भवन निर्माण गरिदिएर उहाँ धन्यवादको पात्र रहेको बताउनुभयो ।

   उक्त  कार्यक्रममा पालिका  उपाध्यक्ष अकली सहनी, प्रमुख जिल्ला अधिकारी बाबुराम खतिवडा, जिल्ला प्रहरी कार्यलय सर्लाहीका प्रमुख कृष्ण प्रसाईं , सशस्त्र प्रहरी बल सर्लाहीका प्रमुख भरत खनिया, बसबरिया गाउँपालिका अध्यक्ष रामअयोध्या राय, सबै वडाहरुका वडाअध्यक्षहरु, पालिकाका कर्मचारी लगायत स्थानीयवासीहरुको उल्लेखनीय सहभागीता रहेको  कार्यक्रमका संचालक गाउँपालिकाका स्वास्थ संयाेजक अरूण कुमार महताेले जानकारी गराए ।

No comments:

Post a Comment