Sunday, November 7, 2021

मलंगवाबाट चोरि भएको मोटरसाईकल र चोर प्रहरीको नियन्त्रणमा

 



लोकतन्त्र समाचारदाता---

सर्लाही,कात्तिक २१

    सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका वडा न-८ स्थित जिल्ला अस्पतालको प्रांगणबाट चोरि भएको मोटरसाईकल प्रहरीले २ घण्टाभित्रै पत्ता लगाइ  चोरसहित नियन्त्रणमा लिएको छ ।

   शनिवार राति करिब पौने ८ बजेको समयमा अस्पतालको प्रांगनबाट रातो रंगको प्यासन प्रो मोटरसाईकल चोरी भएको थियो।मोटरसाइकल चोरी भएको खवर पाउनासाथ जिल्ला प्रहरी कार्यालय तथा मातहतका सबै प्रहरी युनिटलाई खोजतलासमा लगाइ चोरी भएको २ घण्टा भित्रै चोरी भएको मोटरसाईकल चोरलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवं प्रहरी निरिक्षक कृष्ण गिरीले जनाएको छ। 

    खोजतलास गर्ने  क्रममा मलंगवा वडा न-३ स्थित बिश्वकर्मा चौकमा उक्त  मोटरसाईकल देखिएपछि प्रहरिले रोक्न खोजेको र सो क्रममा मोटरसाईकलले प्रहरीलाई ठक्कर दिई भागेको र प्रहरीले पनि ५०० मिटरसम्म लखेटेर उक्त  मोटरसाईकल र चोरी गर्ने युवक मलंगवा नगरपालिका वडा न-३ बस्ने १९ बर्षिय बोसिम अन्सारीलाई नियन्त्रणमा लिन सफल भएको प्रहरी निरिक्षक गीरीले जानकारी गराउनुभयो । मोटरसाईकल नियन्त्रणमा लिने क्रममा ड्युटिमा खटिएका प्रहरी जवानको खुट्टामा सामान्य चोट लागेको थियो ।

  मोटरसाईकल र चोर  अन्सारीलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक कार्यवाहीको लागि जिप्रका मलंगवामा राखेको छ ।

No comments:

Post a Comment