Tuesday, November 30, 2021
सर्लाहीमा नायक फिल्मको जस्तै १६ वर्षीया बालिकालाई बनाइयो एकदिनको गाउँपालिका अध्यक्ष
हामीलाई बलिउड(भारत)को अनिल कपुर अभिनित "नायक" फिल्म त यादै होला ।उक्त फिल्मा नायक अनिल कपुरलाई एकदिनको लागि महाराष्ट्रको मुख्यमन्त्री बनाइएको छ ।त्यस फिल्ममा देखाएको जस्तै घटना हाम्रो देशमा पनि भएको छ ।सर्लाहीको पर्सा गाउँपालिकामा यसैगरी एक १६ वर्षीया बालिकलाई गाउँपालिकाको अध्यक्ष पदको जिम्मेवारी दिइएको छ।
नेपाल-भारत सिमावर्ती तथा सर्लाहीको सदरमुकाम मलंगवाबाट मात्र १० किलोमिटर टाढा रहेको पर्सा गाउँपालिकामा स्थानीय पर्सा बाल क्लबका अध्यक्ष वर्ष १६ की अंजली कुमारी साहलाई उक्त गाउँपालिकाको गापा अध्यक्षको पदमा एकदिनको लागि नियुक्त गरिएको छ।
"सामान्य अवस्था वा कोभिड-१९ को महामारी,बाल अधिकारको संरक्षण हामी सबैको जिम्मेवारी" भन्ने नाराका साथ जारी रहेको १६ दिने लैंगिक हिंसा विरुद्धको अभियानको अवसरमा आज(मंगलबार) एक समारोहको आयोजना गरि गापा अध्यक्ष किशुनदेव रायले बाल क्लबका अध्यक्ष साहलाई अध्यक्ष पदको प्रमाणपत्र प्रदान गर्दै गाउँपालिका अध्यक्षको कुर्सी हस्तान्तरण गरेको हो।
Subscribe to:
Post Comments (Atom)
VERI GOOD AAP SVI KO TIME DENI CHAHIYA HO SAKTA HAI KAM ACHA LGIYA
ReplyDeleteBIKAS KRNA JRURI HAI