Saturday, November 27, 2021

सर्लाहीमा फरार अभियुक्तहरु पक्राउ

 




लोकतन्त्र समाचारदाता---

सर्लाही ,मंसिर ११

   सर्लाही प्रहरीले फरार सूचीमा रहेका २ जना अभियुक्तहरुलाई पक्राउ गरेको छ।अदालतबाट बिभिन्न मुद्दामा कैद तथा जरिबानाको फैसला भई फरार रहेका अभियुक्तको खोजी कार्यलाई तिब्र पार्ने क्रममा उनीहरुलाई  पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

     सर्लाही प्रहरीका प्रमुख एसपी कृष्ण प्रसाईलेका अनुसार गएको एक महिनाको अवधिमा जिल्लाभरबाट ३२/३३ जना फरार अभियुक्तहरुलाई पक्राउ परिसकेको हो।

    यसै क्रममा शुक्रवार सिन्धुली जिल्ला अदालतमा ठगी मुद्दा खेपिरहेका सर्लाहीको लालबन्दी नगरपालिका वडा न–१७, रानिगंजका ३५ वर्षीय जनक पौडेललाई प्रहरीले  पक्राउ गरेको छ ।पौडेल विरुद्ध गत पुस १७ गते पक्राउ पुर्जी जारी भएको थियो । हाल ईलाका प्रहरी कार्यालय लालबन्दीमा राखिएको उनलाई सिन्धुली प्रहरीलाई जिम्मा लगाइने जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

   यस्तै, बिहिवार जिल्लाको पर्सा गाउँपालिकाबाट २२ वर्षदेखि फरार रहेका एक अभियुक्त पक्राउ परेका छन् । चोरी मुद्दामा सर्लाही जिल्ला अदालतबाट २०५६ साल असार २२ गते एक महिना कैद र ३५ हजार रुपियाँ जरिवानाको फैसला भएपछि फरार भएका पर्सा गाउँपालिका वडा न–१, निवासी मुनिया भन्ने कलम हुसैन लुकिछिपी बसिरहेको अवस्थामा गाउँबाटै पक्राउ परेका हुन् ।

हुसैनलाई अदालतको आदेशानुसार सिन्धुली कारागार चलान गरिएको सर्लाही प्रहरीका प्रवक्ता एवं प्रहरी डीएसपी माधव प्रसाद बुढाथोकीले जानकारी दिएको छ ।

No comments:

Post a Comment