Monday, November 8, 2021

समाजसेवी संजय गुप्ता सुगन्धले मलंगवाका गरिब तथा विपन्न छठ वर्तालुहरुलाई बाँडे साडीसहित पुजन सामाग्री

  



लोकतन्त्र समाचारदाता---

सर्लाही ,कात्तिक २२

     छठ पर्व मनाउन लागेका मलंगवा नगरपालिका क्षेत्र भित्रका विपन्न तथा गरिब समुदायका परिवारलाई सर्लाही जिल्लाका  समाजसेवी संजय गुप्ता सुगन्धले सोमबार साडी तथा छठ पुजन सामाग्री वितरण गर्नुभएको छ ।

    आर्थिक रुपमा कमजोर रहेका बर्तालुहरुले पनि अन्य बर्तालुहरु जस्तै छठी माताको पुजा गर्न पाउन भन्ने उदेश्यले मलंगवा नगरपालिका क्षेत्रमा बसोबास गर्दै आएका गरिब तथा अती विपन्न परिवारलाई उक्त सामाग्रीहरु वितरण गरेको हो ।

   समाजसेवी गुप्ताले यसअघि पनि कोभिडको बेला लकडाउनका कारण रोजगारी गुमाए र भोकमरीको सामाना गरिरहेका विपन्न मजदुर परिवारलाई खाद्यान्न वितरण गर्नुका साथै ,मलंगवाका विभिन्न मठ मन्दिरको  निर्माणकार्य तथा जिर्णोधार, झिम नदीमा निर्माणाधिन अवस्थामा रहेको शवदाह गृहको निर्माणकार्य लगायत अन्य विभिन्न सामाजिक क्रियाकलापहरुमा आफ्नो तनमनले सहयोग गर्दै आइरहनु भएको छ ।

No comments:

Post a Comment