Wednesday, November 24, 2021

सर्लाहीमा टाटासुमोको ठक्करबाट दुईजनाको मृत्यु





मनोज यादव---

सर्लाही,मंसिर ८

   सर्लाहीमा टाटा सुमो गाडीको ठक्करबाट दुईजना युवकको मृत्यु भएको छ । जिल्लाको बागमती नगरपालिका वडा न-१० केराबारी भन्ने ठाउँमा मंगलवार साँझ कर्मैयाबाट बरहथवातर्फ गइरहेको बीआर ०५ पीए ७१९९ नम्वरको टाटासुमोले विपरीत दिशातर्फ जाँदै गरेको ज १२ प ९९०७ नम्वरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार हरिवन नगरपालिका वडा न–७ का २५ वर्षीय देव मोक्तान र सोही ठाउँका २३ वर्षीय मिलन ब्लोनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवं डिएसपी माधव प्रसाद बुढाथोकीले जनाएको छ। 

    दुर्घटना लगत्तै मोटरसाइकल सवार  मोक्तानलाई नमूना अस्पताल हरिवन ल्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए भने  ब्लोनलाई थप उपचारका लागि बिरगंज स्थित गण्डक हेल्थ केयर पुर्याउँदा  चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

   दुर्घटनामा संलग्न  टाटा सुमो, त्यसका चालक र मोटरसाइकल इलाका प्रहरी कार्यालय बरहथवाको   नियन्त्रणमा रहेको छ।

No comments:

Post a Comment