Tuesday, November 2, 2021

एक लाख भन्दा बढीको पटाका नष्ट,भारतबाट पटाका भित्रिन नदिन सिमाक्षेत्रमा निगरानी सहित कडाइ

 

लोकतन्त्र समाचारदाता---

सर्लाही,कात्तिक १६

     सर्लाही प्रहरीले  विभिन्न मिति तथा स्थानबाट बरामद गरेको १ लाख रुपैयाँ भन्दा बढीको पटाका आज(मंगलबार) दिउँसो नष्ट गरेको छ ।

   जिल्लाको नेपाल-भारत सीमावर्ती क्षेत्र स्थित अर्नाहा,गडहिया, छन्कीटोला, संग्रामपुर लगायतका  नाकाहरुबाट भारतबाट लुकाईछिपाई  फरक फरक मितिमा भित्र्याइएको  एक लाख  लाख ११ हजार रुपैयाँ बराबरको पटाका  जिल्ला प्रहरी कार्यालय मलंगवाको परिसरमा पत्रकार तथा स्थानीय जनप्रतिनिधिहरुको उपस्थितिमा खाल्डोमा पुरेर नष्ट गरिएको छ । 

   फूलझरी, रकेट, नागिन, आलु बम, झिरझिरे लगायतका विष्फोटकजन्य पदार्थहरु बरामद गरी नष्ट गरिएको   सर्लाही प्रहरीका प्रवक्ता एवं  डीएसपी माधव प्रसाद बुढाथोकीले जानकारी दिए ।

    सबैभन्दा बढी दिपावली र छठमा पटाकाहरुको प्रयोग हुने भएकोले भारतबाट पटाकाहरु भित्रिन नदिन जिल्लाका सबै सीमा नाकामा चेकजाँच र सिमाक्षेत्रमा गस्ती बढाइएको प्रहरी प्रवक्ता एवं डिएसपी बुढाथोकीले जानकारी दिए ।

No comments:

Post a Comment