Sunday, November 28, 2021

सर्लाही आईडल नोबेल पुरस्कार २०७८ को फाइनल प्रतिस्पर्धा आज कडा प्रतिस्पर्धा जारी

 




मनोज यादव---

सर्लाही,मंसिर १२

    विज्ञापन सेवा समिति(विसेस) सर्लाहीको आयोजनामा जारी सर्लाही आईडल नोबेल पुरस्कार २०७८ को फाइनल प्रतिस्पर्धा आज हुँदै छ।सर्लाही जिल्लामै पहिलो पटक आयोजना भएको यस प्रतियोगितामा फाइनालिस्टहरु बीच कडा प्रतिस्पर्धा अहिले मलंगवा स्थित होटल कुशुम पार्टी प्यालेस  जारी रहेको   आयोजक संस्था विज्ञापन सेवा समिति (विसेस )सर्लाहीका अध्यक्ष बख्तियार अलीले बताएको छ।


   सर्लाहीको सदरमुकाम  मलंगवा नगरपालिका वडा न-८ स्थित प्रतियोगिताको स्पोन्सर्स समेत रहेको कुशुम पार्टी पैलेसको हलमा भइरहेको उक्त प्रतियोगितामा हिजो भएको भएको सेमिफाइनलबाट छानिएका   गायक गायिकाहरु बीच प्रतिस्पर्धा भइरहेको  कार्यक्रम संयोजक एवं निर्णायक कमिटीका सदस्य मैथिली गायक संतोष कर्णले जानकारी दिएको छ ।

    प्रतियोगिताको फाइनलमा जिल्लाका २० वटै पालिकाका प्रमुख, उपप्रमुख तथा स्पोन्सरहरुले भोटिङ्ग गर्ने र सोही भोटिङ्गको आधारमा विजेता छानिने छ ।आइडलको उपाधि बिजेताले नगद  ५१ हजार, उपबिजेताले नगद  ३१ हजार र तेस्रो हुनेले नगद  २१ हजार रुपैयाँ र कदरपत्र  प्राप्त गर्ने छन् ।

    निर्णायक कमिटीमा मैथिली गायक कर्णको साथ गायक मंजुर आलम रहेका छन् ।

   जिल्लामै पहिलोपटक आयोजना भएको यस प्रतियोगितालाई  सफल बनाउन आर्थिक सहयोग तथा   प्रायोजन गरेर सहयोग पुर्याउने सबै महानुभाव तथा संस्थाहरु प्रति आयोजक कमिटी कृतज्ञ रहेको र उहाँहरुलाई प्रतियोगिताको फाइनल राउन्डमा  बिजेता छनौट गर्न भोटिंगको अधिकार दिइको आयोजकले जनाएको छ ।कार्यक्रमको संचालन पत्रकार क्षितिज विश्वकर्माले गरिरहेका छन् ।

   यसै अवसरमा नेपालमै सबैभन्दा बढी लगानीमा निर्माण हुन लागेको नेपाली (स्थानीय) भाषाको फिचर फिल्म(चलचित्र) को समेत घोषणा गरिएको छ ।विसेस सर्लाहीले निर्माण गर्ने उक्त  चलचित्रको नाम "मधेश  एक्सप्रेस" राखिएको निर्माण कमिटीले जनाएको छ,जसको लागि लगानीकर्ता सँग समेत सम्झौता गर्ने कार्य अन्तिम चरणमा रहेको चलचित्र निर्माता संस्थाले जानकारी गराएको छ।

   यस चलचित्रमा मधेशको रितिरिवाज , रहन सहन,विकास तथा समस्याको बारेमा चित्रण गरिने विसेस सर्लाहीका अध्यक्ष बख्तियार अलीले  जनाएको छ।

No comments:

Post a Comment