Tuesday, November 23, 2021

भारतबाट भन्सार छलेर ल्याएको ३ लाख बराबरको कपडासहित दुईजना प्रहरीको नियन्त्रणमा

 

प्रतीक फोटो




लोकतन्त्र समाचारदाता---

सर्लाही,मंसिर ७

     भारतबाट भन्सार छलेर ल्याउँदै गरेको  करिब ३ लाख रुपैया बराबरको विभिन्न कपडासहित दुईजना युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।प्रहरीले जिल्लाको ब्रह्मपुरी गाउँपालिका वडा न-१ बस्ने २५ वर्षीय विमल कुमार राय र मलंगवा नगरपालिका वडा न-११ गम्हरिया बस्ने मनि कुमार यादवलाई नियन्त्रणमा लिएको हो ।

    उनीहरूलाई सोमबार लालबन्दी नपा वडा न-५ मेजरगंज स्थित खटिएका प्रहरी टोलीले दुईवटा मोटरसाइकलमा भारतबाट भन्सार छलेर पैठारी गरी नेपालतर्फ ल्याउँदै गरेको २ लाख ९५ हजार ४ सय रुपैया बराबरको कपडासहित नियन्त्रणमा लिएर आवश्यक कार्यवाहीको लागि मलंगवा स्थित जिल्ला भन्सार कार्यालयमा बुझाएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवं डिएसपी माधव प्रसाद बुढाथोकीले जनाएको छ ।

 

No comments:

Post a Comment