Thursday, November 25, 2021

मलंगवाबाट दिनदहाडै मोटरसाइकल चोरी

 

---चोरीका घटना बढेपछि सवारी धनीहरु त्रासमा---


लोकतन्त्र समाचारदाता---

सर्लाही ,मंसिर ९

    सर्लाहीका विभिन्न बजार क्षेत्रहरुमा अहिले  दिनानुदिन चोरीका घटना बढ्न थालेका छन् । दिनैपिच्छै चोरीका घटनाहरु बढ्न थालेपछि यहाँका स्थानीय मोटरसाइकल धनीहरु त्रसित भएका छन् ।

   यसै क्रममा जिल्लाको सदरमुकाम मलंगवामा नगरपालिका वडा न-९ स्थित ब्राइट फ्युचर बोर्डिङ स्कुल अगाडीबाट एउटा यामाहा कम्पनीको मोटरसाइकल चोरी भएको छ ।

   गत कात्तिक १७ गते दिउँसो १ बजे राष्ट्रिय रोजगार प्रवर्द्धन केन्द्र मलंगवाको नाममा दर्ता भएको ज ११ प १४३५ नम्बरको निलो रंग तथा SZ150D मोडेलको च्याचिस नम्बर ME1RG4516HOO16307 तथा इन्जिन नम्बर  G3J5E0016304 को यामाहा  मोटरसाइकल चोरी भएको सवारी धनीलाई उद्रित गर्दै जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

  चोरको बिगबिगी बढीरहेको समयमा यसरी दिउँसै अतिब्यस्त स्थानबाट मोटरसाइकल ,साइकलहरु चोरी हुनुले चोरहरुको मनोबल बढ्दै गएको स्थानीय बताउँछन् ।

No comments:

Post a Comment