Sunday, November 14, 2021

सहरा विकास बैंक गरिमा बैंकमा विलय ,कात्तिक २८ गतेबाट एकीकृत कारोबारको शुभारम्भ

 २०७८-७-२८ आइतवार




लोकतन्त्र समाचारदाता---

सर्लाही,कात्तिक २८

    राष्ट्रियस्तरको गरिमा विकास बैंकले सहारा विकास बैंकलाई प्राप्ति  गरेको छ । गरिमा विकास बैंकको गत भदौ १५ गते र सहारा विकास बैंकको भदौ १२ गते बसेको छुट्टाछुट्टै विशेष साधारणसभाले प्राप्तिमा जाने प्रस्ताव पारित गरेसँगै सहारा गरिमा बैंकमा विलय भएको हो । 

    गरिमा विकास बैंकका अध्यक्ष श्याम प्रसाद बस्यालको अध्यक्षता तथा प्रदेश न-२ का युवा तथा खेलकुद मन्त्री बिरेन्द्र प्रसाद सिंहको प्रमुख आतिथ्यतामा आज(आइतवार) सर्लाहीको सदरमुकाम मलंगवामा आयोजित एक समारोहका बीच  प्राप्ति पश्चात् एकीकृत कारोबारको शुभारम्भ गरेको छ।

   बैंक विलय तथा प्राप्तिका लागि नेपाल राष्ट्र बैंकले गत कात्तिक १ गते र कम्पनी रजिष्ट्रारको कार्यालयले कात्तिक ११ गते अन्तिम स्वीकृति दिएको थियो । योसँगै अब यी दुई बैंकले  कार्तिक २८ गतेदेखि एकीकृत कारोबार गर्ने भएका छन् । यद्यपि, बैंकको नाम भने गरिमा विकास बैंक नै रहने छ ।

   एक्युजिशन सम्झौता अनुसार दुई बैंकबीच १ः१ को भ्यालुएसन साझेदारी रहने सहमति भएको गरिमा विकास बैंकले जनाएको छ । अर्थात् गरिमा विकासले सहारा विकासलाई १ को बराबर १ शेयर आदानप्रदान रेशियोमा प्राप्ति गर्ने सहमति भएको हो । 

   बैंकको केन्द्रिय कार्यालय हाल गरिमा विकास बैंक रहेकै भवन काठमाडौँ महानगरपालिका वडा नं. २, लाजिम्पाटमा रहने जनाइएको छ ।

  गरिमा विकास बैंक राष्ट्रिय स्तरको विकास बैंक हो भने सहारा विकास बैंक सर्लाही जिल्लालाई केन्द्रित हुँदै सञ्चालन भइरहेको बैंक हो ।

    कार्यक्रमको विशिष्ठ आतिथ्यता सहारा विकास बैंकका अध्यक्ष संजय गुप्ता "सुगन्ध"को रहेको थियो ।

    


No comments:

Post a Comment