Tuesday, April 26, 2022

सर्लाहीका निर्माण व्यवसायीहरु धर्नामा उत्रिए

 




लोकतन्त्र समाचारदाता---

सर्लाही,बैशाख १३

    निर्माण सामग्रीहरुमा अप्रत्यासित रुपमा मूल्यवृद्धि भएको भन्दै निर्माण व्यवसायीहरु धर्नामा उत्रिएका छन्।

    सर्लाही निर्माण व्यवसायी संघका  निर्माण व्यवसायीहरुले मंगलबारदेखि  मलंगवा स्थित जिल्ला प्रशासन कार्यालय अगाडी रहेको तिनबिघे मैदानको मन्चमा शान्तिपुर्ण धर्ना दिएका हुन्।

    धर्नामा बसेका निर्माण व्यवसायीहरुले निर्माण सामग्रीहरुमा अप्रत्यासित रुपमा भएको मुल्यवृद्धि,म्याद थप सार्वजनिक खरिद नियमावली २०६४ को एघारौं संसोधनका केही प्रावधानमा रहेका त्रुटि,बिमा निर्देशिका लगायतको विषयमा धर्ना दिएको बताएका छन् ।

    संघका अध्यक्ष बिनोद साहले निर्माण सामग्रीको अप्रत्यासित रुपमा मुल्यवृद्धि हुँदा निर्माणको काम अगाडि बढाउन नसकिएको बताए।

   बिगतमा सरकारलाई पटक–पटक ध्यानाकर्षण गराउँदा पनि माग सुनुवाइ नभएकाले विरोध स्वरूप शान्तिपुर्ण धर्नामा बसेको संघले जनाएको छ।

No comments:

Post a Comment