Sunday, April 17, 2022

राप्रपा नेपाल नेकपा एमालेसँग मिलेपछि राप्रपा नेपालमा प्रवेश गर्नेहरु बढे

 


लोकतन्त्र समाचारदाता---

सर्लाही,बैशाख ४

 सर्लाही जिल्लाको सदरमुकाम मलंगवामा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल जिल्ला कार्यसमिति सर्लाहीले आयोजना गरेको छलफल तथा पार्टी प्रवेश कार्यक्रम आइतवार भव्यताका साथ सम्पन्न भएको छ ।

राप्रपा नेपाल सर्लाही जिल्ला अध्यक्ष-अनिल साह


    आसन्न  बैशाख ३० गतेको स्थानीय तहको निर्वाचनलाई लक्षित गरि राप्रपा नेपालका सर्लाही जिल्ला अध्यक्ष अनिल साहको अध्यक्षता तथा केन्द्रीय महामन्त्री शुसिल कुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा नेकपा एमाले संग नगरपालिका, गाउँपालिका र  वडामा उमेदवारलाई कहाँ कहाँ तालमेल गर्ने भन्ने बिषयमा छलफल गरिएको छ।

     मलंगवा नगरपालिका वडा न-१० स्थित जानकी पार्टी प्यालेसमा आयोजना भएको उक्त  कार्यक्रममा पर्सा गाउँपालिकाका गापा अध्यक्ष प्रत्यासी राजकिशोर यादवको नेतृत्वमा एकैसाथ सामुहिक रुपमा ४३० जना मानिसहरु विभिन्न पार्टी परित्याग गरि राप्रपा नेपालमा प्रवेश गरेको पार्टीका जिल्ला अध्यक्ष साहले जनाएको छ।नवप्रवेशीहरुलाई केन्द्रीय महामन्त्री श्रेष्ठले  रातो टीका र माला लगाएर स्वागत गरेका थिए।

    कार्यक्रममा सहायक महामन्त्री शशिरंजन यादब, केन्द्रीय सदस्य बासुदेब सुवेदी , ज्ञानेन्द्र साह , राजेशवरी साह , मधेस प्रदेश अध्यक्ष रामनरेश यादब,जिल्ला उपसभापति नबोध झा,जिल्ला सदस्य संजय झा लगायतका दर्जनौं नेता तथा कार्यकर्ताहरुको सहभागीता रहेको थियो।

No comments:

Post a Comment