Wednesday, April 13, 2022

निर्वाचनमा महिला नेतुत्व बढाउनका लागि राजनैतिक दललाई ध्यानाकर्षण पत्र हस्तान्तरण कार्यक्रम सम्पन्न

   



राधेश्याम कुशवाहा----

सर्लाही,चैत ३०

     सर्लाहीको सदरमुकाम मंलगवामा ओरेक नेपालको आयोजनामा निर्वाचनमा महिला नेतुत्व बढाउनका लागि राजनैतिक दललाई ध्यानाकर्षण पत्र हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।

   "महिलाको समानुपातिक समावेशी नेतुत्वको अधिकार, समाजिक रुपान्तरणको आधार" मुल नाराका साथ मंलगवा नगरपालिका वार्ड न. १० जिविस चौक स्थित जिल्ला समन्वय समितिको सभा हलमा पत्र हस्तान्तरण तथा नयाँ बष‍ २०७९ सालको शुभकामना अदानप्रदान कार्यक्रम सम्पन्न भएको हो ।



कार्यक्रममा महिला पुनस्थापना केन्द्र, महिला मानव अधिकार रक्षक सजाल, मानव अधिकार रक्षक संजाल,  इन्सेक, नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ, UNFPA , सर्लाही, शान्ति महिला सेवा केन्द्र, अन्तरपार्टी महिला संजाल, पहिचान नेपाल , नारी उत्थान केन्द्र, प्रेरणा, भिएसओ, महिला अधिकार मन्च, निलहरी समाज लगायत जिल्लामा क्रियाशिल सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधिहरुले ऐक्यबद्धता समेत जनाएको हो ।

कार्यक्रमलाई ओरेक नेपाल, सर्लाही संयाेजक देव कुमारी महाराले गरेको थिए, भने महिला मानव अधिकार रक्षक संजालका, जिल्ला संयाेजक रम्भा झा ले आफनो हातबाट ध्यानाकर्षण पत्र हस्तान्तरण गरे ।



कार्यक्रममा नेकपा एमालेको सर्लाही जिल्ला ईन्चार्ज कमला देवी महतो, नेकपा माओवादी केन्द्र सर्लाहीका अध्यक्ष कमल बुढाथोकी, रामपुकार ठाकुर जिल्ला सदस्य, जिसस उपसभापति जमुना पराजुली, बहुजन एकता पार्टी नेपाल जिल्ला संयाेजक सुबोध कुमार हजारी, नेकपा माओवादी जिल्ला सदस्य जितेन्द्र कुशवाहा, युएन.एफ.पिए को जिल्ला संयाेजक बच्चालाल महतो, मानव अधिकारकर्मी मुकेश मिश्र, बुधन साह, दलित अधिकातकर्मी राजेश पासवान, महिला अधिकारकर्मी रम्भा झा, बिनिता कार्की, सुभद्रा देवी लगायतको उल्लेखनीय सहभागिता रहेको आयोजकले जनाएको छ ।

No comments:

Post a Comment