Saturday, April 16, 2022

चक्रघट्टा गाउँपालिकाको टाइफाइड रोग खोप अभियान सम्बन्धि पत्रकारहरु सँग एकदिने अभिमुखिकरण कार्यक्रम सम्पन्न

 



लोकतन्त्र समाचारदाता----

 सर्लाही ,बैशाख ३

   सर्लाहीको चक्रघट्टा गाउँपालिकाले   टाइफाइड रोग विरुद्धको खोप अभियान संचालन तथा नियमित खोपमा टाइफाइड खोप सुरुवातको साथै नियमित खोप सुदृढीकरण र सरसफाइ प्रबर्द्धनका लागि जिल्लाका पत्रकारहरु बिच एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ।

     चक्रघट्टा गाप स्वास्थ्य शाखाको आयोजना तथा निमित्त प्रमुख प्रशासकिय अधिकृत लालबाबु प्रसाद साहको अध्यक्षतामा शुक्रवार सम्पन्न भएको कार्यक्रममा जनस्वास्थ्य निरिक्षक रामफ्रेस साहले  टाइफाइड रोग विरुद्धको खोप अभियान तथा नियमित खोपमा टाइफाइड खोपको सुरुवातको बारेमा पत्रकारहरुलाई जानकारी गराएका थिए।

   सरकारले १५ महिना देखी १५ वर्ष  सम्मका  बालबालिकालाई टाइफाइड रोग विरुद्धको खोप लगाउने निर्णय गरेको छ । सोही निर्णय अनुसार चक्रघट्टा  गापामा रहेका ९ वटा खोप केन्द्र मार्फत ११ हजार २ सय जना बालबालिकालाई खोप लगाउने लक्ष्य रहेको स्वास्थ्य संयोजक राम बहादुर साहले जानकारी गराए।जसमध्ये विद्यालय जाने ७ हजार २ सय ४९ र विद्यालय नजाने ३ हजार ९ सय ५० जना बालबालिकाहरु रहेको साहले जानकारी दिए।

बैशाख ४ गतेदेखि बैशाख ९ गतेसम्म संचालन हुने यस अभियानमा १० वटा सामुदायिक र १३ वटा विद्यालयका साथै विद्यालय बाहिर रहेका बालबालिकाहरुको लागि ९ वटै खोप केन्द्रमा स्वास्थ्यकर्मी,स्वयंसेवक र शिक्षिकाहरु गरि २१ जना रहने स्वास्थ्य शाखा सह संयोजक सुवास कुमार यादवले जनाएको छ।

No comments:

Post a Comment